गुल्मीको भंगारीमा सति घाटु नाँचको संरक्षणमा जुटे स्थानीय 



अनिल खत्री


गुल्मी । पश्चिम क्षेत्र अन्तर्गत गुल्मीमा सति घाटु नाँचलाई बिशेष रुपमा मनाउने गरिएको छ । पारम्पारिक लोक सँस्कृति मानिने यस नाँच स्थानीय देवीदेवतासँग प्रत्यक्ष जोडिएको हुन्छ । मगर र गुरुङ जातिमा प्रचलित सति घाटु नाँच वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक पूजा गरेर शुरु भएको छ । यो नाच वैशाख पूर्णिमाको दिनबाट शुरु भएर जेठको औंसीमा सम्म नाच्ने गरिन्छ । गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगारी क्षेत्र सति घाटु नाँचको लागि प्रख्यात ठाउँ मानिन्छ । सति घाटु नाँच मादल र गीतको तालमा नाचिने शास्त्रीय नाँच हो । कन्याहरुमा देवीदेवता चढेपछि नाच्ने क्रममा कन्याहरु बेहोसी हुने गर्छन । यो क्रममा मादलको ताल र गीत बिग्रेमा कन्या बेहोस भइरहने साथै ताल र गीत मिलेमा बेहोसीपन हट्ने मान्यता रहिआएको छ । यो नाच मगर र गुरुङ जातिमा प्रचलित छ । घाटु नाच आवश्यक बिषयवस्तुमा पूर्वतयारी गरेर प्रदर्शन गर्ने गरिन्छ रितपूर्वक नाचिने सति घाटु नाँचलाई गुल्मीको यो ठाउँमा बिशेष महत्वका साथ हेरिन्छ । नाँचका क्रममा कन्याहरुमा देवि देवता बोलाउने र छोड्ने पनि गीतका माध्यबाट नै हुने गर्दछ ।
पूर्खाहरुले मौखीक रुपमा हस्तातरण गर्दै आएपनि यसको कुनै लिपी बद्ध तथ्याङक भने छैन् । तर भंगारीका गुरुङ र मगर समुदायले पछिल्लो १० वर्ष यता सति घाटु नाँचलाई व्यवस्थित रुपमा प्रदर्शन गर्दै आएको घाटु नाँच संयोजक यज्ञमूर्ति थापा श्रीसले बताए । उनले परम्पारिक लोक संस्कृतिलाई कहि कार्यक्रमहरुमा बोलाए प्रर्दशन पनि गर्ने गरेको उनले बताए । यो नाच नाच्नाले गाउँमा प्राकृतिक बिपत्तिहरु नआउने भन्ने पुरानो मान्यता पनि रहि आएको श्रीसले बताए । यो नाचले सामाजिक सदभाव पनि राख्ने गरेको स्थानीयको भनाइ छ ।    पारस्पारिक सम्बन्ध स्थापित गराउन यो नाँचले सहयोग स्थानियको विश्वास छ ।
देवीदेवताको स्वरुपमा नाँच्ने र गाउने गरि यो सँस्कृति कायम नै छ । यसको संरक्षणमा स्थानीय सरकारले पनि सहयोग गर्दै आएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले यसको संरक्षणमा नगरपालिकाले कुनै पनि कमि नराख्ने पन्थीले बताए । अघिल्लो पुस्तामा यो नाँच निकै चर्चामा थियो, तर हाल आएर लोपन्मुख अवस्थामा पुगेको छ ।
हरेक वर्ष श्रीपञ्चमीमा सुरु भई बैशाख पुर्णिमाको दिन भब्यताका साथ प्रदर्शन गर्ने र जेठ औंशीमा घाटु नाँचको समापन गर्ने गरिन्छ । सति घाटु नाँचको प्रर्दशनसँगै विभिन्न परिकारहरु समेत खाने प्रचल रहेको छ । भंगारी क्षेत्रमा यो सँस्कृतिको संरक्षण गरेसँगै यहाँ होमस्टे संचालन गरिएको छ । सति घाटु नाँच संरक्षणको लागि वडा तहबाट पनि विभिन्न रचनात्मक सहयोग हुँदै आएको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष हुमाबहादुर बस्नेतले बताए । वडा भित्रका कला संस्कृतिको संरक्षणमा नगरपालिकाले संरक्षण गर्दै आएको उनले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया