गुल्मी बस दुर्घटना अपटेड : एक जनाको मृत्यु



सन्तोष महतारा


गुल्मी । पाेखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा बसमा सवार १३ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।                                                                                  मृत्यु हुनेमा पाल्पाको रिब्दीकाेट गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय युवराज कुँवरकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । उनका अनुसार, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादी स्थित रिडी-तम्घास पक्की सडक खण्डमा पोखराबाट तम्घास तर्फ आउँदै गरेको लु १ ख ८१७५  नम्बरकाे बस दुर्घटना भएको थियो ।                                                                     बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको थियो । उक्त बसमा १३ जना यात्रुहरु सवार रहेका थिए । जसमा १३ जना नै सिरियस घाइते भएका थिए । जसमा १ जनाको सामान्य उपचारपछि रेफर भएको छ । बाँकीको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया