पाेखराबाट तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना : एक गम्भीर, १२ सामान्य घाइते



सन्तोष महतारा


गुल्मी । पाेखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना भएको छ । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादी स्थित रिडी-तम्घास पक्की सडक खण्डमा पोखराबाट तम्घास तर्फ आउँदै गरेको लु १ ख ८१७५  नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                        बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको थियो । उक्त बसमा १३ जना यात्रुहरु सवार रहेका थिए । जसमा १ जना सिरियस घाइते भएका छन् । जसको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार हुँदैछ  । अन्य घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया