गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु 



सन्तोष महतारा


गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटाेला बस्ने ४३ वर्षीय खुमकला थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                              उनका अनुसार, थापा श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३ दहडाँडामा गएकी थिइन् । घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया