गुल्मीको छापहिलेमा जंगलमा लागेको आगोले टेलिकमको टावरमा क्षति



सन्तोष महतारा


गुल्मी । गुल्मीको छापहिलेमा जंगलमा लागेको आगोले टेलिकमको टावरमा क्षति छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले स्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको छापहिले रँग स्थित नेपाल टेलिकमको टावरमा जडान भएको सोलर प्यानल र १२ भोल्टको ब्याट्रीहरु जली क्षेति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                               उनका अनुसार, आगलागीबाट नेपाल टेलिकमको BTS टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्री ७२ वटा, विधुत मिटरबक्स एक र  केबुल(तारहरु) सम्पुर्ण जलर नष्ट भएका छन् । अहिले टावर वरपरकाे आगो नियन्त्रणमा आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया