गुल्मीको रिडी-तम्घास सडकखण्ड १० बजेदेखि ४ बजेसम्म बन्द हुने



अनिल खत्री


आजदेखि रिडी–तम्घास सडक एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।
त्यस अन्तर्गत सडकको केहि ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।
२०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । १ अरब ५० करोड४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ ।
सडक बन्द भएसँगै बैकल्पीक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तर उन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको ७.७५ चौडाई कालोपत्रे गरिने भएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो ।
सडक चौडा पार्न गएको चैत महिनामा पनि करिब एक महिनासम्म बन्द गरिएको थियो । यो सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया