तम्घास बजार सरसफाइ अभियानमा जुटे पूर्व मुख्यसचिव पौडेल



अनिल खत्री


गुल्मी । वागमती सरसफाई अभियान शुरु गरेर राष्ट्रिय सन्देश प्रवाह गरेका नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले गृह जिल्लामा पनि अभियान शुरु गरेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा नागरिक समाजको अगुवाईमा पौडेलले जिल्ला वासीलाई सरसफाई गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्न अभियान शुरु गरेका छन् ।
स्वच्छ जीवन, स्वच्छ वातावरण भन्ने मान्यतालाई स्थापीत गर्न नागरिक समाजको अगुवाई र जिल्ला स्थित विभिन्न संघ संस्था नागरिकको सक्रियतामा सरसफाई अभियान शुरु गरिएको हो । सरसफाई अभियान शुरु गर्नु पूर्व पौडेल उपस्थित नागरिकलाई सरसफाई गर्नेछु भनेर सपथ समेत गराएका थिए ।
अभियानको शुरु गर्दै पूर्व मख्य सचिव पौडेलले सरसफाई मानिसको जीवनको महत्वपूर्ण कार्य रहेकाले आफनो टोल समाज सरसफाई गर्नु सबैको दायित्व रहेको बताए । वागमति सरसफाई अभियान शुरु भएलगत्तै देशभर स्वतस्फूर्त सरसफाई अभियानहरु शुरु भएको पौडेलले बताए ।

वागमति सरसफाई अभियानमा १५ लाख नागरिकले सहभागिता जनाएको उनले बताए । वागमति सरसफाई अभियानले पछिल्लो समय सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिमा कमि आएको पौडेलले बताए ।
२० हजार मेट्रिक टन फोहोर वागमतिबाट फाहिर फालिएको उनले बताए ।  जिम्मेबार नागरिकले आफनो दायित्व पुरा गर्न सरसफाईमा जुट्नुपर्ने उहाँको तर्क छ ।

Jeewan and Rajan Tailors

अभियान शुरु भएसँगै अब जिल्लामा हप्ताको कुनै दिन तोकेर नियमित रुपमा सरसफाई अभियान चलाइने भएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सरसफाई भनेको व्यक्तिगत तहबाट सुरु हुने विषय भएकाले सरसफाई गर्न सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताए ।
मानिस राम्रो बन्न घर टोल समाज सफा हुनुपर्ने पन्थीले बताए । मानिसहरुमा नकरात्मक सोच बढेकाले नगरपालिकाले सरसफाई अभियान चलाए पनि पूर्ण रुपमा सरसफाई गर्न नसकिएको नगरप्रमुख पन्थीले बताए ।
तम्घास बजार क्षेत्रमा घरको नालीको पानी खोलामा फल्ने प्रचल रहेको छ । जसले गर्दा बजार क्षेत्रका खोलाहरुमा फोहोर रहेको छ ।
अहिले तम्घास बजारको सरसफाईको जिम्मा नगर विकास तथा वातावरण संस्थाले गर्दै आएको छ । बजारबाट अहिले दैनिक ७ ट्याक्टर बढी फोहोर संकलन हुने गरेको छ ।
त्यो बाहेक सार्वजनिक स्थलहरु अझै पनि फोहोर गर्ने प्रवृत्ति हटेको छैन्् । बजारको फोहोरलाई तम्घासकै बस्ती नजिकै फाल्ने गर्नाले नागरिकलाई समस्या हुँदै आएको छ ।
बजारको फोहो कुइने नकुने फोहोर एकै ठाउँमा भद्रगोल तरिकाले फालिदै आएको छ । अभियान शुरु गरिएको अवसरमा गुल्मी अस्पताल वरपर देखी प्रशासन हँुदै चिदिचौरसम्म सरसफाई गरिएको थियो ।

The Star Family Restaurant

जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाट सरसफाई गर्नुपर्छ भन्ने भावना बिर्सिदै गएका छन् । जसले गर्दा सार्वजनिक स्थान फोहोरे फाल्ने प्रवृत्ति हटेको छैन् ।
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाई गर्न पछिल्लो समयमा नागरिकहरु जागरुक भएको पाइदैन् । अभियान शुरु भएसँगै गुल्मी अस्पताल वरपर देखी प्रशासन हँुदै चिदिचौरसम्म सरसफाई गरिएको थियो ।
जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाट सरसफाई गर्नुपर्छ भन्ने भावना बिर्सिदै गएका छन् । जसले गर्दा सार्वजनिक स्थान फोहोरे फाल्ने प्रवृत्ति हटेको छैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया