स्केचमा आफ्नो पहिचान बनाउँदै बबिता श्रेष्ठ



अनिष पन्थी


गुल्मी । मानिसमा अनेकौं कला हुन्छन् । व्यक्ति पिच्छे मानिसका रुचि र चाहाना पनि फरक हुन्छन् । सानैदेखि मानिसको स्केच बनाउँदै आएकी गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत बबिता श्रेष्ठ पछिल्लो स्केच बनाउनमा व्यस्त छिन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी बबिता श्रेष्ठले स्केचमा राम्रो पहिचान बनाउँदै आएकी छिन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ५ मा स्थायी घर भएकी बबिता बिगत चार बर्षदेखि गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस स्नातक तहमा अध्यनरत छिन् । बबिताले अध्ययन सङ्गसङ्गै आफ्नो स्केच बनाउने कला पनि गरिरहेकी छिन् ।

Jeewan and Rajan Tailors

पछिल्लो क्रम स्केचको लागि धेरै जनाले आग्रह गरेको बबिता बताउँछिन् । समय मिल्दा केही व्यक्तिको स्केच तयार गर्ने गरेको बबिताको भनाइ छ । आफ्नै क्याम्पसमा अध्ययनरत साथी र प्राध्यापकहरुले समेत स्केच बनाइदिन आग्रह गरेको बबिताले बताइन् ।

The Star Family Restaurant

बबिताले स्केच बनाउने कामलाइ पेसाको रुपमा समेत अङ्गाल्न चाहेको बताउँछिन् । घर र परिवारको राम्रो साथ पाएकी बबिताले स्केच बनाउने कामलाइ व्यवसायीकरण गर्दै एउटा आम्दानीको बाटो अपनाउन चाहेको बताइन् ।

यस्को लागि स्थानीय सरकारले पनि यी यस्ता काममा रुचि र चासो देखाउने व्यक्तिलाई पनि रोजगार सङ्ग जोडन कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । स्थानीय सरकार वा कुनै निकायले प्रोत्साहन स्वरुप यस्तो कार्यक्रम ल्याएमा आफू स्केच बनाउने कामलाइ निरन्तरता दिने बताइन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया