गुल्मीमा युवाको लागि उद्यमशिलता तालिम सम्पन्न



अनिष पन्थी


गुल्मी । गुल्मीको रेसुङगा बहुमुखी क्यामपसमा संचालीत युवाको लागि उद्यमशिलता तालिम सम्पन्न भएको छ । फागुन २० देखी २६ गतेसम्म संचालीत तालीमको शुक्रबार उपभोक्ता अधिकार दिवसको अवसरमा तालिममा सहभागी बिद्यार्थीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरि समापन भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा रेसुङगा बहुमुखी क्याम्पसको सह-आयोजनमा ७ दिन क्याम्पसमा संचालीत तालिममा स्नातक तह चौथो बर्षमा अध्यनरत केहि बिधार्थीको उपस्थीति रहेको थियो । शुक्रबार गुल्मी उधोग बाणिज्य संघको सभाहलमा तालिममा सहभागि विद्यार्थीहरुलाइ जिल्ला संमन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Jeewan and Rajan Tailors

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति गुल्मीका प्रमुख खत्रीले बिधार्थी पहिला आफुमा प्रतिस्पर्धा गर्न लाएक हुनुपर्ने र यस्को लागी निरन्तर मेहनत गर्नुपर्ने बताए । बिधार्थीले आफुले गर्न चाहेको उद्यम लागि योजना बनाएर पालिकामा गएमा आफुले पालिका सङग समन्वय गर्ने बताए ।

The Star Family Restaurant

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीको अध्यक्षता र उद्यम बिकास सहजकर्ता त्रीबिक्रम को ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया