सातै प्रदेशमा नयाँ सरकार गठन हुन्छ : बादल



अनिल खत्री


गुल्मी । पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहदुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताए । शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मी जिल्ला सदरमुकाम तम्घासमा उद्घाटनको क्रममा बादलले एमाले माओवादी सहितका दलहरुको गठबन्धन भएकाले अब ७ वटै प्रदेशमा नयाँ सरकार गठन हुने बताए ।

एमाले सुरु गरेको समृद्ध नेपाल सुखि नेपालीको अभियान तिनै तहको सरकारको माध्यमबाट पूरा गर्ने बताए । अहिले आर्थिक र राजनिती संकटका बिचमा नयाँ गठबन्धन भएकाले अब विकासको अभियान अगाडि बढाएर सबै संकट हटाउन तर्फ अगाडी बढले उनले बताए । देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक र साँस्कृतिक अराजकता हटाउनुका साथै देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उनकोे दाबी छ । मिसन २०८४ मा आदिवासी जनजातिहरु एकताबद्ध भएर लाग्न निर्देश दिए ।

Jeewan and Rajan Tailors

उनले एमालेलाई बहुमत ल्याएर एकल राष्ट्रिय सरकार बनाउने गरि मिसन २०८४ सफल पार्न आग्रह गरे । जनसंख्या र उपस्थितिका हिसाबले आदिवासी जनजाति महत्वपूर्ण स्थानमा रहेको उल्लेख गरे । जनजाति महासंघलाई तल्लो कमिटी सम्म बिस्तार गर्न आग्रह गरे । अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरु गोकुल घर्तिमगर, सूर्य थापा, केन्द्रिय सदस्य दिनेश पन्थी, गणेश खनाल लगायतका नेताले अधिवेशनको शुभकामना प्रदान गरेका थिए ।

The Star Family Restaurant

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन दोस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन गरेका हुन् । अधिवेशनका लुम्बिनी प्रदेशका ११ जिल्लाका प्रतिनिधि गुल्मी आएका छन् । अधिवेशनमा करिब १ सय ६० प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइबार सकिनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया