पुल्चोक स्पोर्ट्स क्लबको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा सन्तोष न्यौपाने



अनिष पन्थी


गुल्मी । गुल्मीमा पुल्चोक स्पोर्ट्स क्लबको तेस्रो अधिबेशन सम्पन्न भएको छ । क्लबका निबर्तमान अध्यक्ष मनोज पाण्डेको अध्यक्षतामा तेस्रो अधिबेशन गरिएको हो ।

जसको अध्यक्षमा सन्तोष न्यौपाने, उपाध्यक्षमा प्रकाश मरासिनी
महासचिवमा उमेश पाण्डे, सचिवमा कमल खत्री,सह-सचीव रन्जिल श्रेष्ठ, कोषाध्यक्षमा प्रबिन बस्नेत,सह-कोषाध्यक्षमा बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

Jeewan and Rajan Tailors

यस्तै खेल संयोजकमा तस्लिम अलि, खेल सह-संयोजकमा सागर पाण्डे सदस्यहरुमा बिनोद के.सि, राजेश पाण्डे, सुसन्देश पुन,अर्जुन न्यौपाने, दिनेश बस्नेत र सुदन न्यौपाने निर्वाचित भएका छन् । क्लबको वरिष्ठ सल्लाहकारमा मनोज पाण्डे र नवीन श्रेष्ठ मनोनीत भएका छन् ।

The Star Family Restaurant

आफू बिगतका बर्षमा उपाध्यक्षको भुमिका बसेर क्लबको हितको निम्ति काम गरेको र अब थप जिम्मेवारीको साथ अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले बताए । क्लबलाई थप अगाडि बढाउन आफू सधै भरी लागिपर्ने बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया