गुल्मीमा गोठमा आगलागी हुँदा मानिस र चौपाया घाइते



अनिष पन्थी


गुल्मी । गुल्मीमा गोठमा आगलागी हुँदा मानिस र चौपाया घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर -४ रिप बस्ने नारायण पोख्रेलको घरसङ्गै जोडिएको गोठमा आगलागी हुँदा स्थानीय सीता बिक र गोठमा रहेका एक/एक वटा पाडो र भैसि जलेर घाइते भएका हुन् ।

बिहीबार बिहान करिब १०: ३० बजेको समयमा टिनले छाएको काठले बनेको एक तले गोठमा कुडो पकाउने चुलोमा रहेको आगो एक्कासि सल्किन गई उक्त गोठमा लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

Jeewan and Rajan Tailors

आगो निभाउने क्रममा वि.कको बाँया गालामा हल्का जलि घाईते भएको र उनको स्थानीय अस्पतालमा ऊपचार भएको साथै अवस्था मध्यम रहेको पाण्डेले जानकारी दिए ।

The Star Family Restaurant

गोठ पुर्णरुपमा जली क्षती भएको र घरको पाली समेत जलेको थियो । स्थानियको सहयोगमा करिब ११: ४५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । उक्त आगलागी बाट करिब चार लाख बराबरको क्षती भएको र अन्य विवरण पछि आउने प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया