रेसुङ्गा नगरमा महिलाहरूको लागि नेतृत्व विकास तालिम प्रदान



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर २ मा महिलाहरूका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । वडा कार्यालयको आयोजना र महिला उद्घोषण तालिम उप– समितिको समन्वयमा ४ दिनसम्म नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको हो। महिलाहरुका लागि नेतृत्व विकासका भिन्नि जानकारी मुलक प्रस्तुती प्रदान गरिएको थियो । त्यस्तै कुनैपनि कार्यक्रमहरु कसरी सञ्चालन गर्ने, अगाडी गएर कसरी बोल्ने जस्ता विषयमा तालिम प्रदान गरिएको हो ।

तालिमबाट महिलाहरु अगाडी गएर कार्यक्रम सञ्चालन गर्ने बोल्न सक्ने भएको सहभागी सरिता कार्कीले बताउनुभयो । उहाँले पहिला आफनो परिचय पनि डर लाग्ने गरेपनि तालिमबाट त्यो डर हटेको बताउनुभयो । अगाडि गएर बोल्दा लाग्ने डर भागेको अर्की सहभागी कमला थापाले बताइन । उनले तालिम उपलब्धी मुलक भएको बताउनुभयो ।

Jeewan and Rajan Tailors

तालिमको समापन कार्यक्रममा वडानम्बर २ का वडाअध्यक्ष हिराबहादुर थापाले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले कैयौं तालिमहरु वडाले प्रदान गरेपनि व्यवहारमा परिणत नगरेको बताउनुभयो महिलाहरूलाई नेतृत्व तहमा पु¥याउने उदेश्यले नगरले तालिम प्रदान गर्दै आएको छ । तालिम समापन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले नगरमा महिलाहरुको नेतृत्व विकास गर्ने उदेश्यले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

The Star Family Restaurant

तालिम लिने तर व्यवहारमा लागुनगर्ने परिपाटी पनि बढदै गइरहेकाले सिकेका कुराहरु ऐन मौकामा प्रस्तुत गर्न आग्रह गर्नुभयो । महिलाहरूको माग बमोजिम तालिमहरु राख्दै आएको बताउनुभयो । नेतृत्व विकास तथा उद्घघोषण तालिममा पत्रकार जनार्दन घिमिरे, अनिल खत्री, टोपलाल अर्यालले सहजीकरण गर्नुभएको थियोे । तालिममा ३० जना महिलाहरूले सहभागिता जनाएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया