गुल्मीमा २१ वर्षीय युवा मृत फेला 



अनिल खत्री


गुल्मी । गुल्मीमा २१ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरका २१ वर्षीय टीकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत माघ २५ गतेदेखि हराइरहेका युवा सोही वडामा मदन भण्डारी राजमार्गकाे तल भिरको रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

Jeewan and Rajan Tailors

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया