जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



अनिष पन्थी


गुल्मी । गुल्मीमा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाको मुसिकोट नगरपालिका प्रथम भएको छ । मुसिकोटले लगातार तेस्रो वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो। मुसिकोट १७ स्वर्ण, २० रजत र २३ कांस्य गरी ६० पदकसहित प्रथम भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए।

Jeewan and Rajan Tailors

यस्तै इस्मा गाउँपालिका नौ स्वर्ण, तीन रजत र पाँच कांस्य गरेर १७ पदकसहित दोस्रो भएको छ । गुल्मी दरबार गाउँपालिका आठ स्वर्ण, पाँच रजत र सात कांस्य गरी २० पदकसहित तेस्रो भएको छ । यसैगरी, रेसुङ्गा नगरपालिकाले सात स्वर्ण, चार रजत र १० कांस्यसहित २१ पदक, चन्द्रकोट गाउँपालिकाले चार स्वर्ण, सात रजत र आठ कांस्यसहित १९ पदक प्राप्त गरेको छ

The Star Family Restaurant

मालिका गाउँपालिकाले दुई स्वर्ण, ६ रजत र पाँच कांस्य गरी १३, मदाने गाउँपालिकाले दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी ६, धुर्कोट गाउँपालिकाले दुई स्वर्ण र तीन कांस्य गरी पाँच र छत्रकोट गाउँपालिकाले एक स्वर्ण, चार रजत र एक कांस्य गरी ६ पदक जितेको छ। सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक कांस्य गरेर दुई, कालिगण्डकी गाउँपालिकाले एक स्वर्ण, रुरु क्षेत्र गाउँपालिकाले चार रजत र पाँच कांस्य गरी नौ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जिसीले जानकारी दिए।

माघ २४ देखि २६ सम्म सञ्चालित प्रतियोगितामा महिला तथा पुरुष भलिबल, दौड, तेक्वान्दो, कबड्डी, हाइजम्प, लङजम्प, कराँते, उसुलगायतका खेलमा आठ सय बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेकका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया