गुल्मीमा खाद्यको चार बिक्री केन्द्रसहित कार्यालय स्थापना



सन्तोष महतारा


गुल्मी । गुल्मीमा खाद्यको चार बिक्री केन्द्रसहित कार्यालय स्थापना भएको छ । सदरमुकाम तम्घासमा बुधबार कार्यालय उद्घाटन भएसँगै जिल्लाका चार बिक्री केन्द्र संचालनमा आएका हुन् ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले जिल्लामा चार बिक्री केन्द्रसहित कार्यालय स्थापना गरेको शाखा प्रमुख पुष्पा पाण्डेले जानकारी दिइन् । उनका अनुसार, जिल्लाकाे रेसुंगा नगरपालिकामा तम्घासस्थित हाटबजार, रुरुक्षेत्र गाउँपालिकाकाे बलेटक्सार, मदाने गाउँपालिकाकाे बाँझकटेरी र मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा बिक्री केन्द्र स्थापना भएका छन् । खाद्यको तम्घासमा शाखा कार्यालय रहेको छ ।

बजार भाउभन्दा सस्तो मूल्यमा चामल लगायतका खाद्यान्न पाइने र यी कार्यालय तथा केन्द्र स्थापना गर्दै लगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख धर्मबहादुर बस्नेतले बताएका छन् । गुल्मी जिल्लामा सक्रियताका साथ बिक्री केन्द्र स्थापना भएसँगै उपभोक्तालाई राहत हुने उनले बताए । लुम्बिनी प्रदेश अन्तर्गत बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम र गुल्मीमा शाखा कार्यालयसहित बिक्री केन्द्र विस्तार भइरहेको गुल्मीमा कार्यालय उद्घाटनकाे क्रममा बस्नेतले जानकारी दिए ।

कार्यालय उद्घाटनमा इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले संघीयताको मर्मअनुसार सबै स्थानीय तहमा बिक्री केन्द्र संचालन गर्नुपर्ने बताए । उनले खाद्यकाे बिक्री केन्द्रबाट बिक्री मात्र नभई स्थानीय उत्पादन खरिद गरी कृषि उपज, पशु उपज र स्थानीय उत्पादित खाद्यान्नको बजारीकरणमा सुनिश्चितता गर्नुपर्ने बताए ।

( Jeevan rajan

सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गत रहेका बिक्री केन्द्रमा हरेक खाद्यान्नमा पाँच देखि सात प्रतिशत छुट हुने व्यवस्था छ । उपभोक्तालाई राहत दिने यस व्यवस्थामार्फत डिलरले पनि खरिद गरेर साेही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत रहेको छ ।

बुधबार तम्घासमा कार्यालय उद्घाटन गर्दै रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साथमा सिङ्गो नगरपालिका रहेको बताए । ‘केही भएपनि सस्तोमा उपभोक्ताले खाद्यान्न पाएपछि राहत हुनेछ’ नगरप्रमुख पन्थीले भने, “स्थानीय उत्पादन खरिद भएपछि बजारकाे सुनिश्चित हुँदा उत्पादन बढ्नेछ ।” नगरपालिका प्रमुख पन्थीले जिल्लाका चार स्थानमा संचालन भएका बिक्री केन्द्रमार्फत सेवा लिन सबै उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया