गुल्मीको एक आयुर्वेदिक पसलमा प्रशासनको ताला



सन्तोष महतारा


गुल्मी । गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद जिल्ला प्रशासन कार्यालय गुल्मीले ताला लगाएको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद शिल गरेको हो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष संचालन गरेको छ । जून उसको अधिकार क्षेत्र भन्दा बाहिरको हो ।

Jeewan and Rajan Tailors

रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतबाट आयुर्वेदमा ताला लगाइएको हो । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ ।

The Star Family Restaurant

आयुर्वेदमा ताला लगाएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनगुनासोपछि आयुर्वेद बन्द गरेको जानकारी दिनुभयो । ‘गुनासो आएको र प्रारम्भिक अनुसन्धानमा अधिकार क्षेत्रभन्दा बाहिरका क्रियाकलाप संचालन गरेको भेटियो’ प्रजिअ शर्माले भन्नुभयो, “हाललाई आयुर्वेदमा ताला लगाएका छौं, थप अनुसन्धानपछि थप निर्णय लिन्छौं ।”

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया