मलद्वारबिहिन बालकलाई उपचारमा समाजसेवी पाण्डेको सहयोग



सन्तोष महतारा


गुल्मी । गुल्मीमा आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका मलद्वारबिहिन बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गुल्मीका समाजसेवी तथा अगुवा रक्तदाता धुव्र पाण्डेको सहयोगमा बिरामी बालकलाई उपचारका लागि पठाइएको हो ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन ।

Jeewan and Rajan Tailors

आशिषलाई उपचारको लागि गत कार्तिकमा गुल्मी अस्पताल ल्याइएको थियो । त्यस क्रममा रक्तदाता समाजसेवी धुव्र पाण्डेले बालकको अवस्था देखेपछि आफ्नै पहलमा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लाग्ने करिब छ लाख रुपैयाँ सहजीकरण गरी जुटाएका छन् । १२ पुस २०७४ मा घरमै जन्मिएका आशिषको मलद्वार नै थिएन । उनको मूत्रनली पनि सामान्य छैन् । जसले आर्थिक अवस्था कजोर भएपछि हालसम्म उपचार पाउन सकेका थिएनन् ।

The Star Family Restaurant

रक्तदाता समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका गुल्मीका अगुवा समाजसेवी धुव्र पाण्डेले रक्तदाता समाज न्यूरोड शाखा काठमाडौंका अध्यक्ष केदारप्रसाद न्यौपाने र समाजसेवी मेगा तिमिल्सिनालाई आग्रह गरी बिरामी बालकको उपचार गरिदिने भएका हुन् । सोमबार गाडी भाडा पाँच हजार रुपैयाँ नगद सहयोग गरी पाण्डेले बिरामीलाई काठमाडौं पठाएका छन् । अस्पतालले अप्रेसन गर्ने दिन पाण्डे आफै काठमाडौं पुगेरै सहजीकरणसहित सहयोग गर्नेछन् ।

बिरामी आशिषकी आमा कमला बिकले अस्पतालमा धुव्र पाण्डे भेटिएकोमा भगवान् नै भेटिए सरह मानेकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएर दुःख पाइरहेका बेला सहयोग गर्ने सयोगी पाण्डे भेटिएको बताइन् । उनले वडा, नगर, अस्पताल र काठमाडौं सम्मै पुगेर सहयोग गरेकोमा धन्यवाद दिँदै उपचारमा लाग्ने खर्च जोहो गरिदिएकोमा आभार प्रकट गरिन् । कमला श्रीमान् बाबुराम भारतमा रोजगारी गर्थे । हाल उनी घरमै छन् भने उपचारका लागि काडमाडौं प्रस्थान गरेका छन् । बाबुराम र कमलाको दोस्रो सन्तान पनि गत वर्ष भदौमा मलद्वारबिहिन जन्मिएको र आठ दिनमा मृत्यु भएको थियो ।

तम्घासमा पाल्पाली फेन्सी समेत संचालन गर्दै आएका समाजसेवी धुव्र पाण्डेले बालकको अवस्थाका कारण आफूले सहयोग गरेको बताए । ‘अस्पतालमा बिरामीलाई मलद्वारबिहिन अवस्थामा छटपटाइरहेको देखेपछि सहयोगको प्रतिबद्धता गरें’ पाण्डेले भने, “अहिले उपचारका लागि पठाउन सफल भएको छु, अप्रेसनमा म आफै पुग्छु ।” पाण्डेले आर्थिक अवस्था कमजोर भएर बिरामीले खेप्नुपरेको सास्ती देखेपछि आफैं जिम्मा लिएर सहयोग गरिरहेको बताएका छन् ।

पाण्डेले गुल्मी अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक परेमासहयोग गर्दै आएका छन् । उनले स्थानीय तथा सरोकारवालासँग सहजीकरण गरेर रगतको पूर्ति गर्ने गर्छन् । बिरामी बिकलाई उपचारका लागि केही राहात होस् भन्ने हेतुले रेसुंगा नगरपालिकाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया