गाडीमा बोकेर खानुपर्ने पानी घरकै धारामा



सन्तोष महतारा


गुल्मी । खानेपानी शुद्ध, स्वच्छ, सफा र गुणस्तरीय त परको कुरा, साँझबिहान छाक टार्न पनि पानी गाडीमै बोक्नुपर्ने समस्या थियो । गाडीले ल्याएमा मात्र पानीको जोहो हुने समस्याबाट पीडित गाउँ हो, गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ जुभुङ्ग गाउँ ।

तर, यस गाउँमा अहिले घरघरमा खानेपानीका धारा छन् । धारामा चाहेको बेला पानीको कुनै समस्या हुँदैन् । गाउँगाउँमा आए भनिएका सिंहदरबार स्थानीय सरकारको वास्ताविक महशुस यो गाउँले गरेको छ ।

Jeewan and Rajan Tailors

जुभुङ्गमा सुर्योदय खानेपानी तथा सरसफाई योजना र ठुलाखोला काब्रेपोखरी खानेपानी तथा सरसफाई आयोजना गरी दुई योजनाबाट दुई विद्यालयसहित एक चालिस घरमा खानेपानीको धारा पुगेका छन् ।

The Star Family Restaurant

गुल्मीदरबार गाउँपालिकाको ६४ प्रतिशत आर्थिक सहयोगसहित, ट्रीट्स परियोजना अन्तर्गत रिन्युवेबल वल्र्ड, युनिका फान्डेसन, नवप्रभात युवा संघ र स्थानीय समुदायको संयुक्त लगानीमा खानेपानीका योजनाहरु पूरा भएका हुन् ।

सुर्योदय खानेपानी तथा सरसफाई योजना कुल ८० लाख १६ हजार मा सम्पन्न भएको थियो । जसमा गाउँपालिकाको ५१ लाख १७ हजार, ट्रीट्स परियोजनाले २३ लाख ४५ हजार, समुदायको दुई लाख र जनश्रमदान तीन लाख ५३ हजार रहेको छ ।

त्यस्तै ठुलाखोला काब्रेपोखरी खानेपानी तथा सरसफाई योजना एक करोड ५२ लाख ८० हजार रुपैयाँमा सम्पन्न भएको हो । जसमा गाउँपालिकाको ९७ लाख ८३ हजार, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार, समुदायको नगद योगदान पाँच लाख नौ हजार र समुदायको श्रमदान पाँच लाख रहेको छ । गाउँ भन्दा तल मुहानको पानी सोलार उर्जाको प्रयोग मार्फत गाउँको ट्यांकीमा खन्याई पानी बितरण सुरु गरिएको हो । लामो समय पानी बोक्न समय खर्चिनुपर्ने बाध्यतामा रहेका यहाँको समुदाय घरघर पानी आएपछी खुसी भएका छन् ।

निर्मित खानेपानी योजनाको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले उद्धाटन गरेका छन् । खानेपानी आयोजना निर्माण र संचालनमा सामाजिक परिचालनको काम नवप्रभात युवा संघ गल्मीले गरेको हो ।

नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले थुप्रै चुनौतीका बीच स्थानीय सरकार र दातृ निकायको सहयोगले यो परियोजना सफल भएको बताए । उनले पानीलाई अब आम्दानी सँग जोड्नुपर्ने बताउँदै स्थानीय सरकारले यो आयोजनाको अभिभाकत्वलाई निरन्तरता दिंदै स्थानीयका आवश्यकता अनुसार आम्दानीका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

रिन्युएवल वर्ल्डका राष्ट्रिय निर्देशक ठाकुर थापाले परियोजना सम्पन्न गराउन खट्ने सबैलाई धन्यवाद दिंदै स्थानीयलाई बधाई व्यक्त गरे । थापाले आफुहरुले काम गरेका सबै जिल्ला र पालिकाहरु मध्य पालिकाले गरेको आर्थिक योगदानमा गुल्मीदरबार गाउँपालिका पहिलो भएको बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कुल लागतको ६४ प्रतिशत बढी लगानी गाउँपालिकाले गरेको भन्दै पालिकाको कामको प्रशंसा गरे । निर्देशक ढकालले आयोजनाको दिगोपना, थप उर्जा मार्फत आयआर्जनका माध्यम संग जोड्न स्थानीयले गरेको आग्रहलाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले आयोजना निरन्तरताको लागी यसका शौर्य पाता हरदम सफा र सबै संरचना सुरक्षित राख्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले यो वर्ष भित्र र सिंगो पालिका भित्र यो वर्ष ८० प्रतिशतमा र आगामी वर्ष शत प्रतिशत खानेपानी समस्या समाधान गर्दै एक घर एक धारा पुराउने बताए । उनले काम सम्पन्न सहयोग गर्ने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, रिन्युएवल वर्ल्ड, युनिका फाउन्डेसन, ट्रीट्स परियोजनालाई धन्यवाद दिए । उनले लागत साझेदारीमा काम गर्न गाउँपालिका तयार रहेको भन्दै अन्य कार्यक्रम समेत आफ्नो पालिकामा ल्याउन सबैमा आग्रह गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया