खुल्यो रेसुंगा पार्क



सन्तोष महतारा


गुल्मी । गुल्मीको गर्जुरामा निर्माण सम्पन्न रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बाेकेकाेे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा पार्क खुलेको हो ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि संचालनमा आउन नसकेको रेसुंगा पार्क आजबाट खुला गरेकाे रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । निरन्तरको प्रयासबाट बजेट निकासा गरी निर्माण व्यवसायीले पाउनु पर्ने सम्पूर्ण रकम झण्डै तीन करोड चुक्ता गरी पार्क खाेल्न सहजीकरण गरेको नगर प्रमुख पन्थीले बताए ।

Jeewan and Rajan Tailors

पार्कको अवलोकन गरी भरपुर मनोरन्जन लिन गुल्मीबासी लगायत सम्पुर्णमा रेसुंगा नगरपालिकाले आग्रह गरेको छ । पार्क खुलेसँगै रेसुंगा नगरपालिकाको समुन्नतीको यात्रामा थप टेवा पुग्ने बिश्वास लिएको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

The Star Family Restaurant

पार्क संचालनकाे लागि नगरपालिकाले तीन कर्मचारी खटाएको छ । पार्क प्रवेश शुल्क बिदेशी नागरिकको लागि एक सय, नेपाली नागरिकको लागि ४० र ज्येष्ठ नागरिक साथै विद्यार्थीकाे लागि २० रुपैयाँ ताेकिएकाे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया