जन्मदिनको अवसरमा विद्यालयमा ५५ हजार बढीको अक्षयकोष स्थापना



सन्तोष महतारा


गुल्मी । गुल्मीमा जन्मदिनको अवसरमा विद्यालयमा ५५ हजार बढीको अक्षयकोष स्थापना गरिएकाे छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर १३ काे घाेर्लै माध्यमिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १३ जन्मघर तथा माइती गाउँ भई गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ कर्मघर भई हाल जापानमा बसोबास गर्दै आउनुभएकी आयुस्मा (खगिसरा) थापाले आफ्नो जन्मदिनको अवसरमा स्वर्गीय बुबा खिमबहादुर खत्रीको सम्झनामा  विद्यालमा गरीब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी फतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

कर्मकाे सिलसिलामा टाढा रहेपनि गाउँकाे विद्यालयलाई माया गरेर बुबाको नाममा अक्षयकोष स्थापना गरिदिएकोमा विद्यालयले धन्यवाद दिएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया