जन्मदिनको अवसरमा विद्यार्थीलाई पाेसाक सहित शैक्षिक सामग्री सहयोग



सन्तोष महतारा


गुल्मी । गुल्मीमा जन्मदिनको अवसरमा विद्यार्थीलाई पाेसाक सहित शैक्षिक सामग्री सहयोग गरिएको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ मा रहेको अर्जै माध्यमिक विद्यालयका एक विद्यार्थीलाई पाेसाक सहित शैक्षिक सामग्री सहयोग गरिएको हो ।

मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका पूर्व वडाध्यक्ष तथा नेकपा एमाले मालिका गाउँ कमिटी सचिव शाेभाखर गिरीले अर्जै माध्यमिक विद्यालयकाे कक्षा ६ मा अध्ययनरत प्रदिप परियारलाई पाेसाक सहित शैक्षिक सामग्री आइतबार जन्मदिनको अवसरमा सहयोग गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका प्रदिपकाे विद्यालय खर्च आफूले बेहोर्नु गरी जिम्मा पनि लिइसकेको गिरीले बताउनुभयो ।

Jeewan and Rajan Tailors

गिरीले विद्यालयमै पुगेर विद्यालय पाेसाक (ड्रेस), झाेला, कापी र कलम लगायतका शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । प्रदीपका बुबा ब्रेन ट्युमर भई दीर्घ राेगी हुनुहुन्छ । उनको दाजु पनि अपाङ्गता भएका ब्यक्ति हुनुहुन्छ । उहाँका हजुरबुबा ७० वर्ष र ६५ वर्ष पुग्नुभएकाे छ । उहाँकै भरमा परिवार चलिरहेको छ ।

The Star Family Restaurant

विभिन्न समस्यामा परेका प्रदीपकाे अभिभावक बनेर आफूले विगत पाँच वर्षदेखि अभिभावककाे जिम्मेवारी निर्वाह गरेको गिरीले बताउनुभयो । जन्मदिनको अवसरमा फजूल खर्च गर्नुको सट्टा सामाजिक कार्यमा खर्च गरिएको गिरीले बताउनुभएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया