गुल्मीकी मनिषा जिसी : जसले लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरिन्



सन्तोष महतारा


सन्तोष महतारा, गुल्मी । गुल्मीकी मनिषा जिसी (बिष्णु घर्ती) ले छोटो समयमै लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समय अवधिमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वस्थ्य सेवा तर्फ पाँचौं तह र संघीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् ।

Jeewan and Rajan Tailors

सानैदेखिको रहर नर्सिङ पढ्ने भएको बताउँदै मनिषाले छात्रवृत्तिमा नर्सिङ संकाय उत्तीर्ण गरी करिब ५ बर्ष करार सेवामा काम गरेको बताइन् । क्षमता, त्याग र परिश्रमका कारण सफलता मिलेको मनिषाको अनुभव छ । आफूले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको बताउँदै मनिषाले परीक्षा फर्म खुल्ने, परीक्षा हुने र नतिजा आउँदाको समय १० महिना रहेको बताइन् । ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि बिदेश जानेको लर्को लाग्छ’ उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।” उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।

The Star Family Restaurant

मनिषाले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ मा उत्तीर्ण गरेकी थिइन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी थिइन् । उनले एसएलसी गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनले हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा अध्ययन पनि गर्छिन्  ।

गुल्मीको धुर्काेट गाउँपालिका वडा नम्बर ३ हाडहाडेका ताराबहादुर घर्ती क्षेत्री र सीता घर्ती क्षेत्रीको कोखबाट जन्मिएकी २३ वर्षीय मनिषाले सानै उमेरम स्टाफ नर्स पूर्ण छात्रवृत्तिमा उत्तीर्ण र त्यसवापत करारमा पाँच वर्ष सेवा  गरेर हाल उनले लोकसेवा मार्फत स्थायी जागिरमा प्रवेश गरेकी हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया