गुल्मीको हाडहाडेमा निःशुल्क स्वास्थ्य शिविर हुने



अनिष पन्थी


गुल्मी। गुल्मीको हाडहाडेमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका -३ हाडहाडेमा  भगवती युवा क्लबको आयोजनामा शुभ लक्ष्मी फर्मा तम्घास गुल्मी सँगको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर माघ १३ गते शनिबार  बिहान १० बजे बाट भगवती प्रा.वि.को प्राङ्गणमा हुने क्लबका सचिव सरोज खत्रीले जानकारी दिए । स्वास्थ्य शिविरमा  रगत परीक्षण ,सुगर  र युरिक एसिड परामर्श, औषधि वितरण कार्यक्रम रहेको सचिव खत्रीले जानकारी दिए । क्लवले सामाजिक कार्य गर्न तथा सामाजसेवामा टेवा पुगोस भन्ने उदश्यले  बिभिन्न समयमा यस्तै  कार्यहरु गरेको क्लवले जनाएको छ ।

Jeewan and Rajan Tailors

यस्ता छन बाथ रोगका प्रमुख लक्षणहरु
हातका औलाहरु सुनिने वा दुख्नेि
-बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने
-खुट्टाको औंला वरिपरी रातो भएर टेक्न नहुने
-गोलीगाठो सुनिने वा दुख्ने
-राती तथा बिहान ढाड दुख्ने
-बिहान ढाड अरठ्ठो हुने
-घुडा सुनिने वा दुख्नेख
-कुर्कुचा दुख्नेद (प्राय बिहान उठ्ने बेलामा)
-पाइताला पोल्ने (प्राय राती ) वा झमझमाउने
-पिडौला दुख्नेे वा करकर खाने
-जिउ गल्ने र छिटोछिटो थकान हुने
-मांशपेशीहरु कमजोर हुने
-छालामा डाबर वा निको नहुने घाउहरु आईरहने
-बारम्बार आखा रातो हुने तथा दुख्ने
-चिसोमा काम गर्दा हात खुट्टा निलो हुने

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया