सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी



अनिष पन्थी


गुल्मी। सिटिजन लाइफ इन्स्योरेन्स तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । गुल्मीको धुर्कोट गाउपालिका वडा नं -०१ का राम बहादुर सिंजालीको असामाहिक निधन भएकोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले उनको घरमै पुगेर उनकी श्रीमती गंगा सिंजाली लाइ मृत्यु दाबी भुक्तानी गरेको हो ।

मृत्यु दाबी भुक्तानी बापत ५ लाख ७० हजार प्रदान गरेको छ । दु:ख परेको बेला घरमै आएर सहजै रुपमा पैसा भुक्तानी गरेकोमा अभिकर्ता नारायण बहादुर रानाले धन्यवाद दिए ।
आगामी दिनमा सबैले बीमा गर्न आवाश्यक रहेको बताउँदै बीमा सम्बन्धी ज्ञान हुन जरुरी रहेको बताए ।

Jeewan and Rajan Tailors

मृतककी श्रीमती सिंजालीले श्रीमानको मृत्यु पछि खबर गर्दा कम्पनीले तुरुन्तै मृत्यु दाबी भुक्तानीको लागि कागज पत्र जुटाउन सहज भइ उहाको को दाबी भुक्तानी धेरै छिटो छरितो कुनै अफ्ट्यारो नभई आएको मा कम्पनि लाइ बिशेष धन्यबाद दिईन।

The Star Family Restaurant

बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचत पनी हुने भएको ले बीमा जरुरी भएको साथै अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नु पर्ने अवस्था सिर्जना नहोस भनेर पनि जिबन बीमा अति आवस्यक रहेको तम्घास शाखा प्रमुख शर्मिला पन्थले जानकारी दिईन।

कार्यक्रम मा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास शाखा प्रमुख शर्मिला पन्थ,धुर्कोट गाउपालिका वडा नं १ का वडा सदस्य साथै कार्यपालिका सदस्य कस्मिरा अधिकारी ,अभिकर्ता नारायण बहादुर राना, स्थानीय, शिक्षक , बुद्दिजिबी, समाजसेवी र कम्पनिका अभिकर्ताहरुको समेत उपस्थिति थियो भने कार्यक्रम तम्घास शाखाका अपरेसन इन्चार्ज सुभाष न्यौपाने को सन्चालनमा सम्पन्न भएको थियो ।।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया