गुल्मी उद्योग वाणिज्य संघद्वारा तीन युवा कृषकलाई सम्मान



अनिल खत्री


अनिल खत्री, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका ३ जना युवा कृषकहरुलाई सम्मान गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–५ सिस्तुङमा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेर कृषि पेसालाई अंगाल्दै आएका युवा कृषकलाई कृषि पेशामा लाग्न र थप उर्जा प्रदान गर्ने उदेश्यसहित सम्मान गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, धुर्कोट गाउँपालिका वडा नम्बर–५ का आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याल सम्मान गरिएको हो । सम्मानित ३ जना कृषकलाई नगद प्रमाणपत्रले लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले सम्मान गरेका हुन् ।

Jeewan and Rajan Tailors

कृषि पेसामा युवाहरुको आकर्षण बढाउन र उनिहरुको काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । सम्मान हुने ३ जना कृषकहरु बिगत केहि वर्ष यता ग्रामीण क्षेत्रमा रहेर नमूना कृषकको रुपमा काम गर्दै आएका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया