गुल्मीमा रूख ढाल्ने क्रममा लडेर एक जना घाइते



अनिष पन्थी


गुल्मी । गुल्मीमा रूख ढाल्ने क्रममा लडेर एक जना घाइते भएका छन । जिल्लाको रेसुङ्गा नगरपालिका -१४ राटामाटाका पुर्ण बहादुर पचभैया घाइते भएका हुन ।

बुधबार बिहान ९:३० बजेको समयमा ५२ बर्षिए पचभैया आफ्नै भाई भोज बहादुर पचभैयाले सल्लाको रुख ढाल्ने क्रममा रुखमा बॅाधेको डोरीले उछिट्याउदा १२ फिट तल कच्ची सडकमा खस्न जॅादा घाईते भएका हुन ।

Jeewan and Rajan Tailors

पचभैयाको उपचारको लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ल्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनको छातिको बाया तर्फको ५ वटा करङ र बाया तर्फको हिपको हड्डी फ्याक्चर भएको र अवस्था मध्यम रहेको पाण्डेले जानकारी दिए । उनलाई थप उपचारको लागी बुधबार दिउँसो भैरहवा मेडिकल कलेज रिफर गरेको र थप विवरण पछि आउने प्रहरीको भनाइ छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया