जन्मदिनको अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री हस्तान्तरण



अनिष पन्थी


गुल्मी । गुल्मी एक युवाले जन्मदिनको अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेका छन ।
जिल्लाको रेसुङ्गा नगरपालिका -११ का भरत थापाले आफ्नो जन्म दिनको अवसर पारी सोही स्थानको राङबास माध्यमिक विद्यालयमा १० हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन।

जन्म दिनमा गरिने फजुल खर्च कटाएर आफुले अध्ययन गरेको विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरेको थापाले जानकारी दिए । बिद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न आफ्नो यो प्रयास रहेको बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया