गुल्मीमा बिशेषज्ञ डाक्टरसहितको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालनमा



सन्तोष महतारा


गुल्मी । गुल्मीमा बिशेषज्ञ डाक्टरको सेवासुविधा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको छ । जिल्लाकाे छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा स्थापना भएको उक्त हस्पिटल आगामी १४ गते उद्घाटन हुने खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडका संचालक समिति अध्यक्ष सराेज पाण्डेले जानकारी दिए ।

सोमबार हस्पिटलमै पत्रकार सम्मेलन गर्दै संचालक समितिले १५ शय्याको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि स्थापना भएको जानकारी गराउँदै उद्घाटनपछि सेवा शुभारम्भ हुने जानकारी गराएको छ । गुल्मीको छत्रकाेट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ हाल संचालनमा ल्याइएको हो । अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका एक सय ३५ शेयर सदस्यकाे बराबरी लगानी गरी दुई समितिबीच समझदारी भई पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि संचालनमा आएको अस्पतालका खर्ज्याङ्ग पब्लिक हेल्थका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले जानकारी दिए ।

Jeewan and Rajan Tailors

“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अस्पतालकाे स्थापना भएको हो । यश अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको बराबरी लगानीमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको हो । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पतालका संचालक सराेज पाण्डेले जानकारी दिए ।

The Star Family Restaurant

पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष तथा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल खर्ज्याङ्गका अध्यक्ष गाेपालबहादुर पाेखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए । त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक रामप्रसाद पाेखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूकाे समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीकाे सिमाना गुल्मीको छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताए । उनले खर्ज्याङ्गका स्थानीयकाे उत्साह र गुल्मीकाे गुल्मीदरबार, छत्रकाेट र रुरुक्षेत्रका सराेकारवालाकाे सहयोगका कारण अस्पताल स्थापना गर्न सम्भव भएको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्यालसहित क्रियाशील पत्रकार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशाेक खनालसहित क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरेको प्रेस नाेट 

– “गुल्मी अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ विगत ७ वर्ष अधि यस खर्याङ्ग नगरीमा अस्पताल स्थापना गर्ने उद्धेश्यका साथ खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड गुल्मी र लुम्बिनी मेडिकल कलेज हस्पिटल प्रा ली विभिन्न आरोह अवरोह पार गर्दै अस्पताल संचालनको नजिक आइपुगेको छ । यस क्षेत्रमा अस्पताल संचालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ३९७ जना नागरिकहरूले शेयर लगानि गरेको संस्था खज्याइ पब्लिक हेल्थ लिमिटेड र १३५ जना शेयर सदस्यले लगानी गर्नुभए‌को संस्था लुम्बिनी मेडिकल कलेज लिमिटेड को बराबरी लगानिमा संचालन गर्ने उद्देस्यका साथ यस अस्पतालको स्थापना गर्न लागिएको हो । यो अस्पताल गुल्मो अर्घाखांचि र पाल्पाको केन्द्रविन्दुमा रहेको छ । गुल्मीको छत्रकोट, गुल्मीदरवार र रुरुक्षेत्र गाउँपालिका, अर्घाखाँचिको छत्रदेव र पाणीनी गाउपालिका र पाल्पाको रैनादेवी छहरा गाउपालिकाका गरी ६ बटा गाउपालिका समुदायहरु यस अस्पतालको कार्यक्षेत्रमा पर्दछन । हाल ६ वटा गाउपालिकाको १ लाख भन्दा बढि जनसंख्या यस अस्पतालको लक्षित जनसंख्या रहेको छ भने अस्यपतालको स्तरोन्नति गरी विशेषज्ञ सेवा सहित प्राविधिक शिक्षालय सचालन गर्न सकंमा गुल्मी अघोखीचका प्राय सर्व क्षेत्र र पाल्पा जिल्लाको कोह क्षेत्र लाइ यस अस्पतालले समेटेन सक्ने देखिन्छ । जुन यस अस्पतालको दिर्घकालिन लक्ष्यको रुपमा रहेको छ ।

पत्रकार मित्रहरु

यहि २०८० साल पौष १४ गते यस अस्पतालको अासपासका पालिका अध्यक्षज्यूहरुको सम्युक्त करकलमबाट यस अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन समारोहको दिन विशेषज्ञ शिविर समेत आयोजना गरिएको छ । सोही दिन हाड जोर्नि तथा नसारोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, पेट तथा छाति रोग विशेषज्ञ, नाक कान घाटि रोग विशेषज्ञ र मनोरोग विशेषज्ञ द्वारा सेवा प्रबाह गर्ने तयारी गरीएको छ । समुद्धघाटन समारोहको अवसरमा विशेषज्ञ स्वास्थ्य शिविरमा सेवा लिन आउने विरामीहरुलाइ नाम दर्ता र डाक्टरको सेवाशुल्क निःशुल्क गर्ने प्रबन्ध मिलाइनेछ भने प्रयोगशाला न्याय, एक्सरे, इसिजि र भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ त्यस्तै औषधिमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

यस अस्पताल संचालनमा आएपछि नियमित सेवा प्रवाह निरन्तर हुदै जानेछ । अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे सेवा, इसिजि सेवा र प्रयोगशाला सेवा उपलब्ध गराइनेछ भने शनिवार बाहेक दैनिक ओपिडि सेवा नियमित संचालन गर्ने व्यवस्था मिलाइनेछ । हालसम्म यस अस्पतालमा कुल लागत करिव ७ करोड रहेको छ भने यस वर्षको अस्पतालको भौतिक व्यवस्थापन तथा उपकरणहरु पुर्ण गराउदासम्म करिव १० करोड लागत लाग्ने अनुमान गरीएको छ

आदरणिय पत्रकार मित्रहरु

पहाडि भेगमा संचालन हुन लागेको यस अस्पतालले यस क्षेत्रको गुणस्तरीय स्वास्थ्य सेवा साथै यस क्षेत्रको समग्र बिकासमा समेत टेवा पुर्याउने हामिले महसुस गरेका छौ । यहासम्म आइपुग्दा अभिभावकत्व प्रदान गर्ने छत्रकोट गाँउपालिकाका अध्यक्षज्यू लगायत गाउपालिका परीवार, छिमेकी गाउपालिकाका अध्यक्षज्यूहरु लगायत गाउपालिका परिवार, दुवै कम्पनीका संचालकहरु, शेयर सदस्यज्हयूरु, राजनैनिक दलका प्रतिनिधिहर, जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संघसंस्थाका यस अस्पतालको सेवा बारे ब्यापक प्रचार प्रसार गर्दै यहाहरुबाट सदैव रचनात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ । धन्यवाद ।

सरोज पाण्डे

संचालक

पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा ली

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया