पूर्वप्रधानमन्त्री ओलीलाई एमाले गुल्मीको १० बुँदे ध्यानाकर्षण पत्र पेश



अनिल खत्री


गुल्मी । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (एमाले) गुल्मीले विभिन्न विकास निर्माणका सवालमा १० बुँदे ध्यानाकर्षण पेस गरेको छ । झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा गुल्मीको वामीटक्सारमा आयोजित सभामा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले ओलीलाई विभिन्न विकास निर्माणका सवालमा १० ध्यानाकर्षण पत्र पेस गरेका हुन् ।

ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा बुटवल पाल्पा गुल्मी वाग्नुलगायतका जिल्लाका जनताको सहज यातायात पहुँचलाई व्यवस्थित गर्नका लागि मध्यपहाडी पुष्पलाल लोकमार्गलाई जोडने रुद्रवेणी–वामीटक्सारखांइ सडकलाई प्राथमिकतामा राखी सम्पन्न गर्न ध्यानाकर्षण गराइएको छ । त्यस्तै मध्यपहाडी नोकमार्गको अभिन्न वैकल्पिक मार्गका रुपमा गल्कोट–अनङ्गिकोट काडेपास वामीटक्सार हाडीखोला सडक निर्माण कार्य अघि बढाउन, वामीटक्सार–इन्द्रेगौडा–खल्दीपनाह तम्पास सन्धिखर्क सडक तथा तम्घास गर्जरा पराप्मी– इत्यैगौडा सडक स्तरोन्नती र कालोपत्रे गर्न ध्यानाकर्षण गराइएको छ ।कालीगण्डकी करिडोर, मदनभण्डारी लोकमार्गको रिडी तम्घास सिमलटारी सौतामारे– मच्छी खण्डः सालझण्डी पटौटी दुगांफीट खज्यांङ्ग तम्घास वामीटक्सार सडक, सालझण्डी–ढोरपाटन सडक, भिमगिठे चाण्ट्रला सडक निर्माण कार्य छिटो अघि बढाइ गुल्मी अर्घाखाँची, बाग्लुङ्ग र प्यूठानलाई व्यवस्थित सडक संजालमा आवद्ध गर्न ध्यानाकर्षण पत्र बुझाइएको छ ।

रेसुङ्गा विमानस्थलमा नियमित र व्यवसायिक उडानको प्रवन्ध मिलाउने पनि ध्यानाकर्षण गराइएको छ । पाल्पा तानसेन, रानीमहल, रुरु रेसुङ्गा, सत्यवती, टिमुरे, कुर्घामालिका सालिमे, विचित्र गुफा, कंकेदेउराली, गौमुखी, मदाने सहित मुसिकोट, इस्मा, पुर्कोट र गुल्मीदरबार लगायतका ऐतिहासिक स्थलको पर्यटकीय प्रवर्द्धन गर्न ध्यानाकर्षण भएको छ ।

त्यस्तै कफीको उदगम जिल्ला गुल्मीमा कफी तथा अन्य नगदेवाली सहित पहाडी जिल्लामा संभावित कृषि तथा पशुपालनका लागि विशेष कार्यक्रम संचालन गर्न माग राखिएको छ । पुरानो २२ खानीका रुपमा चिनिने यस क्षेत्रमा संभावित खानी तथा उद्योग संचालन र रोजगारी सिर्जनाका कार्यक्रम संचालन गर्न ध्यानाकर्षण भएको छ ।
त्यस्तै बोदर, बदेल, दुम्सीलगायतका बन्यजन्तुको आक्रमण नियन्त्रण, व्यवस्थित बस्ती विकास र बाढी पहिरो लगायतका विपद व्यवस्थापनको चुस्त तयारी गर्नु पर्ने माग पेस गरिएको छ ।

( Jeevan rajan

बसाइँसराइँ नियन्त्रण तथा पहाडी भूबनोट अनुकूल दीगो तथा रोजगारमूलक पूर्वाधार निर्माण लगायतका विशेष योजनामा आधारित पहाडी विकासको विमर्शलाई निष्कर्षमा पुराउनु पर्ने गर्न ध्यानाकर्षण थापाले अध्यक्ष ओली समक्ष पेस गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया