गुल्मीमा अरिङ्गालले टोकेर एक जना घाइते



सन्तोष महतारा


गुल्मी । गुल्मीमा अरिङ्गालले टाेकेर एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय जिवन बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार, घाइते बिक आइतबार साँझ रेसुङ्गा नगरपालिका वडा नम्बर ५ बर्दबास भन्ने स्थानको खरबारीमा साथीहरु १८ वर्षीय मनिष बिक, २६ वर्षीय डिलबहादुर बिक, २२ वर्षीय सुनिल परियार र ३५ वर्षीय मिलन पाण्डेसहित अरिङ्गाल पाेल्न गएका थिए ।

Jeewan and Rajan Tailors

जिवनले रुखमा चढी अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकी घाइते भएका थिए । उनलाई उपचारको लागी गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । सामान्य उपचारपछि थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएकाे छ । अवस्था मध्यम रहेको बताइएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया