गुल्मीका कृषकलाई कृषि मेसिनरी औजार उपकरण मर्मत तालिम प्रदान



अनिल खत्री


गुल्मी । मिनि टेलर मेसिन (हलो) लगायत कृषिमेसिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीले ३ दिनसम्म कृषकहरुलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान गरेको हो । सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ । कति पय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउनुपर्ने अवस्था रहेको थियो ।

Jeewan and Rajan Tailors

यहिँ समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ । अगुवा कृषकहरु छनोट गरेर गाउँका पनि कृषि मेशिनरी औजार उपकरणहरु गाउँमै मर्मत गर्न सक्ने गरि तालिम प्रदान गरिएको हो । दक्ष प्राबिधिक को अभाब मा कृषक ले आफु सँग भएको मिनि टेलर हलो लगायतका कृषि मेशिनरी औजार उपकरण मर्मत का लागि सदरमुकाम सम्म बोक्न पर्ने समस्या बाट अन्त्यका लागि तालिम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले बताइन् ।

The Star Family Restaurant

विभिन्न समयमा कार्यालयबाट अनुदानमा वितरणमा गरिएका कृषि औजार सामाग्रीहरु मर्मत नहुँदा गाउँमै थन्कीने अवस्था आउन थालेपछि कृषकलाई मर्मत तालिम प्रदान गरिएको पोखरेलले बताइन् । किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको छ । कृषिको आधुनिकी करणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया