गुल्मीमा फूलले बजार पाएन



अनिल खत्री


गुल्मी । गुल्मीमा फूलले बजार पाएको छैन् । रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपालीले उत्पादन गरेका फूललाई बजारीकरणको समस्या भइरहेको छ ।

तिहारमा व्यापरीले कृत्रिम फूलका माला ल्याएर बिक्रीमा राख्नुभएको छ । जसले गर्दा आफूले उत्पादन गरेका फूल र फूलका मालालाई बजारीकरणको समस्या रहेको किसान नेपालीले बताउनुभयो । “बजारमा प्लाष्टिकजन्य फूलहरु आयतित भएका छन् ।”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका फूलले बजार पाएन ।” उहाँले आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर रेसुंगा नगरपालिका वडा नम्बर ६ र धुर्कोट गाउँपालिका वडानम्बर ४ मा गरि एक सय २० रोपनी जग्गा लिजमा लिएर तरकारी खेतीसँगै फूल खेती गर्नुभएको छ ।

Jeewan and Rajan Tailors

तिहार पर्वलाई मध्यनजर गरेर दुई वर्षदेखि सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष चार रोपनी क्षेत्रफलमा बिस्तार गर्नुभएको छ । नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरु फूलिरहेका छन् । तर, उत्पादित फूललाई बजारीकरणको समस्या परिरहेको छ ।

The Star Family Restaurant

उनले मुख्य गरेर धुर्कोट गाउँपालिका र जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरेर फूल उत्पादन गरेपनि फूलले बजार पाएको छैन् । नेपालीको फर्ममा अहिले दुई लाख बराबरको फूल उत्पादन भएको छ । मालाको हिसाबले ३५ वटा फूलको एउटा माला तयार हुने गर्दछ । उहाँले प्रति माला दुई सयमा बिक्री गर्ने गरेका छन् । सबै फूल होलसेल माग भएपनि गर्ने बताउनुभयो ।

जिल्लाका केही स्थानीय तहले मेला पर्वमा कृत्रिम फूलका मालाहरु निषेध गरेका छन् । गाउँमा फुलको खेती पनि नगर्नु र केही आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने कारण पनि फुलको सट्टा कृत्रिम फूलमा आश्रीत हुनु परेको थियो । तर, यसवर्ष जिल्लामै व्यवसायीक फूल खेती हुनाले कृत्रिम फूल मालामा भर पर्नुपर्ने अवस्था छैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया