गुल्मीदरबारलेे भूकम्प प्रभावित क्षेत्रमा एक लाख पठाउने



Live Gulmi


नवीन कार्की, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख पठाउने निर्णय गरेको छ । मंगलबार बसेकाे आठौं कार्यपालिकाकाे निर्णय बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले जानकारी दिए ।

जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनाशकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएका हरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जाजरकोटका लागि ५० हजार र रुकुम पश्चिमका लागि ५० हजार गरि एक लाख पठाउने निर्णय कार्यपालिकाकाे बैठकबाट गरिएको हो ।

Jeewan and Rajan Tailors

भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महशुस हाेस् भन्ने हेतुले सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाकाे मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया