गुल्मीको इस्मामा पालिकाको सेवा वडाबाटै



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकाले कात्तिक १९ गतेबाट सुरु गरेको एकीकृत घुम्ति सेवा कात्तिक २४ गतेसम्म चल्नेछ ।

घुम्ती सेवाको पहिलो दिन आइतबार वडानम्बर १ मा करिब २ सय बढी नागरिकले सेवा लिएका छन् । सोमबार वडानम्बर २ को छल्दीमा एकीकृत घुम्ति सेवा सञ्चालन गरिएको हो । शिबिरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । वडानम्बर १ बाट सुरु भएको एकीकृत घुम्ति सेवा वडानम्बर ६ मा कात्तिक २४ गते सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

Jeewan and Rajan Tailors

गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा सेवाग्रहीलाई सहज भएको छ । नागरिकलाई छिटो, छरितो र सर्वशुलभ सेवा प्रदान गर्नको लागि गु्ल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती सेवा संचालन गरेको हो । गाउँपालिकाले वडामा पुगेर एकीकृत घुम्ती शिविरबाट सबै सेवा एकै पटक दिँदा नागरिकलाई सहज भएको इस्मा गाउँपालिका वडानम्बर २ का गोपाल कुँवरले बताए । उनले पालिकाले यस्ता कार्यक्रम गर्दा व्यापक सूचना प्रसारप्रसार गरेर गरे अझ बढी सहभागिता हुने बताए ।

The Star Family Restaurant

गाउँपालिकाले योजना सम्झौता, स्वास्थ्य सेवा तर्फ औषधि बितरण, पशु सेवा तर्फ पशुको स्वास्थ्य परिक्षण तर्फ गर्भवती महिलाहरुको भिडियो एक्सरे, सुगर, प्रेसर, खकार परिक्षण औषधि वितरण र रेविज विरुद्धको खोप लगाउने कार्य गरेको छ । त्यस्तै कृषि सेवा तर्फ परामर्श सेवा, परिचयपत्र वितरण र परामर्श सेवा, वडा कार्यालयमा हुने सबै सेवा प्रदान गरिएको थियो ।

घुम्ती सेवा मार्फत पालिकाबाट प्रदान गरिने आवश्यक सेवाहरु एकैपटक एकीकृत घुम्ती शिविर मार्फत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन । पालिकामा यतिबेला योजना सम्झौताको समय हो । योजना सम्झौताका लागि वडातहबाट पालिकामा जानुपर्ने बाध्यतालाई अत्य गर्न एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको उपाध्यक्ष कुँवरको भनाइ छ । पालिकाले यो सेवालाई एक वर्षमा २ पटक वडाबाटै एकीकृत घुम्ति सेवा राख्न सके सेवाग्रहीलाई धेरै सहज हुने कुँवरले बताइन् । पालिकाबाट हुने ११ प्रकारका सेवाहरु वडा तहमै प्रदान गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया