गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ



Live Gulmi


गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाकाे मालिका गाउँपालिका-४ अर्खबाङ्गमा दसैं त्रयाेदशीमा भएको सराय नाच सकिएपछि साँझ  मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

उनका अनुसार, दसैं त्रयाेदशीका दिन अर्खबाङ्गमा साँझपख शान्ति सुरक्षा भंग गरेको, अशान्ति तथा असुरक्षा बढाएको र एकआपसमा झैझगडा गरेकोले साेही स्थानबाट १२ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई शान्ति सुरक्षा खलबलाएकाे कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको छ ।

Jeewan and Rajan Tailors

यस घटनामा अर्खबाङ्ग प्रहरीले जिल्लामा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टाेलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु अहिलेप्रहरी हिरासतमा छन् ।

The Star Family Restaurant

पक्राउ पर्नेमा सन्तबहादुर थापा, केशव खड्का, अनिल थापा, विशाल थापा, विकल्प थापा, साहिल जिसी, नरेन्द्र थापा, भरत थापा, अनिल ठकुरी, नारायण पाण्डे, विपिन थापा र गुञ्जबहादुर थापा छन् । पक्राउ परेेका अधिकांश मालिका गाउँपालिका वडा नम्बर ३ ह्वाङ्दीका छन् । केही अन्य वडाका पनि छन् । उनीहरूले मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएका प्रहरी माथि अभद्र व्यवहार पनि गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया