गुल्मी महोत्सवमा इन्द्रेणी समूह १८ गते शनिबार आउने



Live Gulmi


गुल्मी । गुल्मीको उपल्लो तम्घासमा हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा इन्द्रेणी समूह आउँदैछ । यहीँ १५ गतेबाट सुरु हुने महोत्सवमा १८ गते शनिबारको दिन कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी समूह आउन लागेको हो ।

गुल्मी उद्योग संघले कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा महोत्सवको आयोजना गरेको छ । उक्त महोत्सवको १५ गते रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्ने उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

Jeewan and Rajan Tailors

महोत्सवले जाउँ हिड रेसुङ्गा अभियानलाई साथ दिँदै पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्य लिएकाे छ । महोत्सवमा एक सय बढी राष्ट्रिय कलाकारले प्रस्तुति देखाउने छन् । महोत्सवमा तीन सय २० वटा स्टल रहेछन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया