गुल्मीको तम्घास बजारमै म्याद नाघेका सामग्री बिक्री



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । गुल्मीको मुख्य बजार तम्घासकै पसलहरुबाट म्याद नाघेका सामग्री बिक्री गरेको फेला परेको छ । जिल्ला प्रशासन कार्यालयले कार्तिक १ र २ गते विभिन्न टोली बनाएर बजार अनुगमन गरेको थियो ।

सोही क्रममा बजिमाया रन्जन स्टोर्सबाट १४ कार्टुन तेज र १ कार्टुन माया तेल म्याद नाघेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए । त्यस्तै घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) ८० केजि पनि अनुगमन टोलिले बरामद गरेको छ । अनुगमन टोलिले खाद्य, दुध डेरि र मासु पसल गरेर बजारका ५६ वटा पसल अनुगमन गरेको गैरेले बताए । उनले बजारमा कम म्याद हुने तेल, मसला, सुजि, चेरी, बदाम, चोकोपाइ, बिस्कुट, फुरनदाना लगायतका सामग्री जफत गरिएको बताए ।

Jeewan and Rajan Tailors

निरन्तर बजार अनुगमन हुने सदरमुकामकै जिम्मेवार ब्यावसायीकोमै भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल म्याद नाघेको फेला पर्नु दु:खद बिषय भएकाले उपभोक्ता सचेत रहन र ब्याबसायी गम्भीर बन्न आग्रह गरे । उनले जिल्लाका ४/५ वटा पसल तथा उद्योगको मुद्दा  प्रशासन कार्यालयमा चालू अबस्थामा रहेकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने बस्तुको बिक्रीवितरणमा चनाखो बन्नुपर्नेमा जोड दिए । अनुगमनको क्रममा ६४ हजार ९ सय ३५ रुपैयाँ मुल्य बराबरको सामान बरामद गरिएको गैरले पत्रकारहरुलाई जानकारी गराए ।

The Star Family Restaurant

पसलमा सामान खरिद गर्दा उपभोग्य मिति ख्याल गर्ने निकै कम मान्छे छन । उपभोग्य मिति हेरेर सामान खरिद गर्ने ब्यावसायी पनि बजारदेखि गाउँसम्म उपभोक्ता जस्तै छ्न । उपभोक्ता म्याद नाघेको उपभोग्य बस्तुको सेवनले स्वास्थमा पार्ने असरप्रती जानकार छैनन् । भने ब्यबसायी पनि त्यस्तो बस्तुको बिक्रीले मानव स्वास्थ्यमा पार्ने असर र कानुनी बिषयमा अचेत छन् ।

त्यस्ता सामग्री बिक्री गर्नेहरुलाइ कम कारबाही भएका छन् । भने नियमित अनुगमन नहुदा समस्या बल्झिने गरेको छ । उपभोक्ता र ब्याबसायीलाई प्रयाप्त सचेतताका कार्यक्रम गर्न सरकारी तथा गैर-सरकारी स्तरबाट उल्लेखनीय काम नहुदा गुणस्तरहिन र म्याद नाघेका सामानको खुलेयाम बिक्री हुँदै आएको स्थानीयको गुनासो छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया