सोह्र श्रद्धामै दशै-२ जन्माउँदै बिद्यालय



Live Gulmi


टोपलाल अर्याल: मै त फेसबुमा फोटा देखेर दंग परेँ । श्राद्धमा छोराछोरी टीका र जमरा पहिरिएर घर पुग्दा बा–आमा पनि सायद छक्क परे । बाटोमा देख्नेहरुले के भने र कसो गरे होलान । बिद्यालयको नामनै त लेखिन । तर, संस्कारको चिन्ता पोख्दै छु । पछिल्लो समय केहि बिद्यालयले दशै मनाएर सके । अक्षता, पैसा र जमराले थाली भरिएका थिए । त्यो अपरझन नभएर योजना हो । योजना पनि कस्तो अपरिपक्क भनेर जगतले सोँचिरहेको छ ।

दशैका जमराको अर्थ के हो ? शुभ साइत र टीकाको महत्व के हो ? अर्थ नभएको भए दशै बाह्रमासे हुन्थ्यो नी । अर्को कुरा साइतको अर्थ नभएको भए पंचाङग निर्णायक समितिले त्यतिबिधी दुख गरेर साइतहरु किन खोज्नुपरो । घडि हेरेर, कोटको बाजा र अक्षता कुरेर टीका लगाउने होइनर हाम्रो संस्कार ।

Jeewan and Rajan Tailors

काम गर्ने परदेशी पनि भिडियो हेरेर घरकासंगै दशैको आनन्द लिन्छ । बा–आमाले मुल खाँबो र दैलोमा टीका र जमरा चढाएपछि बलेनीका बसेका ठुलाबाट लहरै सानातिर टीका लगाउँदाको मज्जा सबैले भोगेका छौ । दशैलाई बिशेष बनाउन दशैका आफ्नै बिशेष बिशेषता छन् । दशैका बिशेषता बिद्यालयले पक्कै सिकाउनुपर्छ । तर, दशै–२ बनाउन भएन । असल शिक्षा, संस्कार र संस्कृतिको जननी बिद्यालयहरु भवनाको दौडमा दशै मनाउन तँछाड–मछाँड गरेको कत्तिपनि सुहाएन । वैदिक सनातन हिन्दू ज्योतिषमा साइत र मुहूर्त दुई महत्वपूर्ण अवधारणाहरुका अनुरुप विशेष कार्यहरु गर्ने गरिन्छ ।

The Star Family Restaurant

सनातन हिन्दू ज्योतिषमा शुभ वा अशुभ मानिने माध्ययमलाई साइत भनिन्छ । अशुभ साइतको समयमा केहि गतिविधिहरुबाट टाढा रहनु पर्छ, र केही कुराहरुलाई अपनाउनुपर्ने हुन्छ । शुभ साइतले कुनै विशेष कार्यका लागि सकारात्मक समयको संकेत गर्छ । भने अशुभ साइतले कुनै विशेष कार्यका लागि नकारात्मक समयको संकेत गर्दछ । साइत सूर्य र चन्द्रमाको स्थितिको आधारमा गणना गरिन्छ ।

 

यो आध्यात्मिक र ज्योतिषीय प्रभावको समय हो । त्यसैले संस्कारको नाममा गलत प्रवृति भित्राएर स्कुलबाट स्कुलेलेलाई के सिकाउन खोजेका छौ ? श्राद्द समय भनेको के हो ? के गर्ने के नगर्ने सिमा हुन्छन् । सरकारी विद्यालयहरुलेनै भावानामा चेत गुमाएर फैलाएरको सेलिब्रेटी दशैको मुडे प्रर्था नजिक–नजिक र प्रतिस्प्रर्धी बन्ने खतरा छ । सर म्यामहरु श्रद्धामै स्कुलमा मज्जाले टिकाटाला गरेर कानमा जमरा घुसारे पछि ०८० कार्तिक ७ गते दशै–२ मनाउने त होला ? कि दशै पनि तिज जस्तै ३ महिने लाजमर्दो पर्व बनाउने हो ? चाल बिग्रे बेहाल हुन्छ है ।

दशैको प्रसंग मात्रै रहेन् । केहि सरकारी तथा संस्थागत बिद्यालयहरुमा पसेको ‘बर्थ डे’ प्रथाले साथीहरुबिचमा बर्गीय मानसिकता बढएको छ । केक र मिडाई÷लड्डु बोकेर स्कुलभित्र मनाइने ‘बर्थ डे’ ले जन्मोसववाला बच्चालाई त खुसी र उमंग हुन्छ । तर, जन्मदिनमा आधापेट खाएर बिद्यालय छिर्ने बालबालिकामा गलत संस्कारले गहिरो बर्गीय चेत फैलाएको छ । यो संस्कार बिद्यालयसंगै परिवारबाट उन्मुलनको खाँचो छ ।

त्यस्तै पवित्र उदेश्यसहितको श्रीपञ्चमी तथा गुरु पूर्णिमा पनि सरकारी बिद्यालयमा कम संस्थागतमा धेरै बिकृत बनिरहेको छ । गुरु पुर्णिमा र श्रीपञ्चमी गुरुको असल वाणी ग्रहण गर्ने हो । सत्कारबाट संस्कार सिक्ने हो । तर, छिमेकले चलाएको गुरुलाई लड्डु र गिफ्ट बोक्ने संस्कृतिले गरिव बालबालिका मुर्छित बनेर बिद्यालय हाप्न बाध्य बन्छन् । त्यसैले असल मान्छे, व्यक्ति र समुदाय बनाउन पहिले सन्ततीलाई असल अभ्यासहरुको सिको गराऔँ ।

✍️ टाेपलाल अर्याल (अर्याल नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन् । उनी नयाँ पत्रिकामा कार्यरत छन् ।)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया