ओ.एच.सी कप २०२३ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियालाई



अनिष पन्थी


गुल्मी । ओ.एच.सी कप २०२३ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको अभिभावकत्व एवं ओ.एच.सी बाग्लुंगको आयोजनामा सञ्चालन सम्पन्न भएको हो।

उक्त खेलमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। १२ बर्ष पहिले कोरियाको भलिबलमा राज गरेको गुल्मीले १२ बर्षपछि पुनः लएमा फर्किएर यो सिजनका ६ मध्य ३ खेल जितेको हो।

Jeewan and Rajan Tailors

अन्तिम खेलबाट गुल्मीका तीन जना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेर ब्यक्तिगत अवार्ड पनि पाउन समेत सफल भएका छन । बेस्ट प्लेयरमा गुल्मीका करण वली त्यस्तै बेस्ट स्पाईकरमा जिवन मगर र बेस्ट लिब्रोमा कुमार दर्लामी उत्कृष्ट भएका हुन।
खेल दक्षिण कोरियामा सेप्टेम्बर महिनामा सन्चालन भएको हो।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया