गुल्मी । गुल्मीमा २० वर्षीया महिला केहि दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १० बस्ने शिव कुवरको श्रीमती बर्ष २० कि रिया मुखिया गत ६ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
रियाक श्रीमानले आफ्नी श्रीमती हराएको भन्दै फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खाेजी कार्य तिव्र पारेको छ ।
कहि कतै कसैले फेला पार्नु भएमा निजको श्रीमानको सर्म्पक नं. ९८४९८९५०९१ , नजिकको प्रहरी कार्यालय र यस कार्यालयको सर्म्पक नं. १००, ०७९५२०१९९ मा जानकारी दिनहुन अनुरोध गरिएको छ।