पुल्चोक कपमा सेमिफाइनलको खेल भोलि हुँदै



अनिष पन्थी


गुल्मी । चौथो पुल्चोक कप २०८० को सेमिफाइनलको खेल भोलि हुँदै छ। सदरमुकाम तम्घासका चार विद्यालय सेमिफाइनल प्रवेश गरेका हुन।
आज भएको खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुलले रेसुङ्गा माध्यमिक बिधालयलाई ३-० ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।त्यस्तै अर्को खेलमा सिद्धबाबा माद्यामिक बिधालयले पालुखा माध्यमिक बिधालयलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

यस्तै,महेन्द्र माध्यमिक बिधालयले ब्राईटर बोर्डिङ्ग स्कुललाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको छ । आज भएको अन्तिम खेलमा रिर्डस पब्लिक हाइ स्कुलले आदर्श विद्या आश्रमलाई २-१ ले पराजित गरेको हो।

Jeewan and Rajan Tailors

निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समय सम्म १-१ गोलको बराबरीमा सकिए पछि १५ मिनेट समय थपिएको थियो। अतिरिक्त समयको सहि सदुपयोग प्रयोग गरि रिर्डस पब्लिक हाई स्कुलले एक गोल गर्दै सेमिफाइनलमा सिद्धबाबा मावी संग आफ्नो भेट पक्का गराएको छ ।

The Star Family Restaurant

महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पुल्चोक क्लबले वार्षिकोत्सबको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले बताए । प्रतियोगितामा उपाधी हात पार्ने विद्यालयले ३० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया