गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन उडान सुरु



अनिल खत्री


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान गर्न सुरु भएको छ । नेपाल एयरलाइन्सले यस अघि हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

मौसमको समस्याका कारण जेठको अन्तिमबाट उडान बन्द रहेको थियो । विमानस्थलबाट मौसममा सुधारआएसँगै भदौको अन्तिम साताबाट पुनः उडान शुरु भएको हो । नागरिक उड्डयन प्राधिकरणले हप्ताको २ दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

Jeewan and Rajan Tailors

हिजो मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने १ जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताए । मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रू लिएर उडान गरेको उनको भनाई छ । मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।

The Star Family Restaurant

गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अबरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ ।

काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दूई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ । विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर १० को सिमिचौरमा पर्दछ । सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्चीबाटो भएर विमानस्थल पुगिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया