गुल्मीमा १० वर्षदेखि अलपत्र रहेको उदिनढुङ्गा बसपार्क संचालनमा



अनिल खत्री


अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित उदिनढुङ्गामा रहेको बसपार्क व्यवस्थित नभएका कारण चोककोमा यातयात व्यावसायीका काउन्टर थिए । अहिले उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकमा निर्माण भएको छ । बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीलाई सहज भएको छ । पहिले बिभिन्न ठाउँमा टिकट काउन्टर राख्ने व्यवसायीलाई बसपार्क मै राख्न पाउदा सहज भएको गुल्मी यातायात प्रालिका सञ्चालक सदस्य महेशराज भण्डारीले बताउनुभयो ।

Jeewan and Rajan Tailors

उहाँले भवन सञ्चालनमा आएपनि गाडीहरु बसपार्कमा यात्रु झार्न र चढाउनका लागि अझै व्यवस्थित नभएको बताउनुभयो । बसपार्क क्षेत्र कालोपत्रे र सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या रहेको भण्डारीको भनाइ छ । बसपार्क भवनको लागि ०७१ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरिएको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको थियो । तर, अहिले डिजाइन परिर्वतन गरेर टिकट काउन्टर भवन मात्रै निर्माण भएको छ । जसमा टिकट काउन्टर र केहि कोठाहरु तयार भएका छन् । लामोसमयसम्म अलपत्र टिकट काउन्टर भवन नगरपालिका र बसपार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा भवन धेरै समयपछि निर्माण भएको बताउनुभयो ।

The Star Family Restaurant

भवन निर्माण भएर केहि समय अलपत्र हुँदा तोडफोड समेत हुन थालेको थियो । बसपार्क व्यवस्थित नहुँदै नगरपालिकाले भवनको संरक्षणका निम्ति भएपनि काउन्टर मात्रै सञ्चालन गरिएको वडाअध्यक्ष थापाको भनाइ छ । अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वषौंदेखि सास्ती खेपिरहेका छन् । अहिले पनि बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय र सडक कालोपत्रे भएको छैन् ।

जसले गर्दा अझैपनि समस्या रहेको छ । बसपार्कको आधार निर्माण गरेकै करिव दुई दशक भए । तर, अझै व्यवस्थित हुन सकेको छैन् । बसपार्क व्यवस्थित बन्ने आशमा स्थानीयले चार रोपनी जग्गा दिएका थिए । बसपार्क करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । २० बर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको स्थानीय बताउछन् ।

तम्घास बजारका बिभिन्न स्थानमा संरचना निर्माणका निम्ति ५० करोड रुपैयाँ बिनियोजन भएको छ । जसबाट देउरालीदेखि सिमीचौरसम्म सडक कालोपत्रे र तम्घास बजारको उदिनढुंगा बसपार्क कालोपत्रे, शौचालय निर्माण लगायत नगरमा अरु ठाउँमा पनि संरचना निर्माण गरिने रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतदेवी कुँवरले बताउनुभयो । उहाँले काउन्टर भवन सञ्चालनमा आएसँगै बसपार्क व्यवस्थापनको काममा निर्माण व्यवसायीलाई ताकेता गर्दै आएको बताउनुभयो । बसपार्क कालोपत्रे र सार्वजनिक शौचालय निर्माणको काम तुरुन्तै अगाडी बढाउन पहल गरिने उपप्रमुख कुँवरको भनाइ छ ।

उदिनढुङ्गा बसपार्कमा निर्माण भएको टिकट काउन्टर भवन करिब एक करोडमा निर्माण भएको हो । टिकट काउन्टर भवन शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मार्फत निर्माण भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया