लुम्बिनीका १५ पालिका : भाडामै खर्चिन्छन् बर्सेनि सवा करोड



सन्तोष महतारा


सन्तोष महतारा, गुल्मी । गुल्मीको  इस्मा गाउँपालिकाको गाउँसभाले १७ मंसिर २०७७ मा वडा नम्बर ५ रातापोखरालाई गाउँपालिकाको केन्द्र तोक्यो । त्यस बिरुद्ध वडा नम्बर १ र २ का तत्कालिन वडाध्यक्ष चुराबहादुर खत्री र टिका रेश्मी सर्वोच्च अदालत पुगे । केन्द्र तोकिएको ठाउँमा क्वाटर र कृषि संकलन केन्द्रको निर्माण हुँदै गर्दा सर्वोच्च अदालतले २६ माघ २०७७ मा अन्तिम सुनुवाइ नभएसम्म केही नगर्न आदेश दियो । त्यसपछि गाउँपालिकाको केन्द्रसम्बन्धी काम रोकियो । सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै १६ माघ २०७८ मा तत्कालिन गाउँपालिका अध्यक्ष बिष्ट नयाँ तोकिएको ठाउँमा कार्यालय सार्न तयार थिए । त्यसको केही समय अगाडि स्थानीय दुई सय ५० जनाले हस्ताक्षर गरेको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । उक्त पत्रमा गाउँपालिकाले बनाएका दुई भवन वन क्षेत्रमा रहेको भनि उजुरी गरिएको थियो । सर्वोच्च र अख्तियार दुवैमा उजुरी परेपछि अन्तिम सुनुवाइ नभएसम्म गाउँपालिकाको केन्द्र र प्रशासनिक भवनको काम रोकियो । यसको पैmसला नभएकाले इस्मा गाउँपालिका केन्द्र र कार्यालय बिहिन छ । अहिले गाउँपालिकाले दोबाटामा निजी घर र विद्यालयबाट कार्यालय सञ्चालन गरेको छ । यसबापत गाउँपालिकाले मासिक ३३ हजार भाडा तिर्दै आएको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले शुरुमा चार भवन भाडामा लिएर सेवा प्रवाह गरेको थियो । जसबापत सुरुमा दुई लाख १५ हजार भाडा तिथ्र्याे । हालसम्म पनि सो नगरपालिकाको कार्यालय बनेको छैन् । पहिले वटा निजी घरलाई भाडामा लिएको नगरपालिकाले हाल एउटा मात्र भवन भाडामा लिएको छ । त्यसको मासिक भाडा दुई लाख ६० हजार रहेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले वार्षिक ३०/३२ लाख रुपैयाँ भाडामा खर्च गरेको बताउँछन् । उनले यस बिषयलाई सामान्य रुपमा लिँदै आफुहरू कार्यालय निर्माणको प्रक्रियामा लागेको बताए ।

Jeewan and Rajan Tailors

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाले तीन वटा निजी भवनहरू भाडामा लिएको छ । यस वापत गाउँपालिकाले मासिक ९७ हजार रुपैयाँ भाडा तिर्दै आएको छ । यस गाउँपालिकाको कार्यालय बन्ने प्रक्रियामा छ ।

The Star Family Restaurant

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले पनि तीनवटा भवन भाडामा लिएको छ । एक भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, पूर्वाधार र सामाजिक विकासका शाखा रहेका छन् । अर्को भवनमा शिक्षा, स्वास्थ्य, कृषि र पशु स्वास्थ्य शाखा छन् । एउटा भवन क्वाटरमा रुपमा प्रयोग गर्दछ । गाउँपालिकाले कार्यालय बनाउन मापदण्ड अनुसारको जग्गा पाएको छैन ।

लुम्बिनी प्रदेशका १५ वटा पालिकाले हालसम्म पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन् । भाडामा बस्ने पालिकाहरूमा गुल्मीका पाँच, रुपन्देहीका तीन, रोल्पाका तीन, कपिलवस्तुका दुई, नवलपरासीको एक र प्यूठानका एक छन् । यी पालिकाले मासिक २३ हजारदेखि दुई लाख ६० हजार रुपैयाँसम्म तिर्दै आएका छन् । मासिक रुपमा १४ लाख २५ हजार भाडा तिर्ने यी पालिकाले भाडामा मात्रै वार्षिक एक करोड १७ लाख रुपैयाँ खर्चिदैँ आएका छन् ।

स्थानीय तहले हाल तिर्दै आएको मासिक भाडा
क्र.सं. स्थानीय तह जिल्ला मासिक भाडा दर
मुसिकोट नगरपालिका गुल्मी ६२ हजार
लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देही दुई लाख ६० हजार
शिवराज नगरपालिका कपिलवस्तु एक लाख ५० हजार
इस्मा गाउँपालिका गुल्मी ३३ हजार
कालीगण्डकी गाउँपालिका गुल्मी ९० हजार
चन्द्रकोट गाउँपालिका गुल्मी ९७ हजार
गुल्मीदरबार गाउँपालिका गुल्मी ७४ हजार
मर्चवारी गाउँपालिका रुपन्देही ८० हजार
रोहिणी गाउँपालिका रुपन्देही एक लाख पाँच हजार
१० माडी गाउँपालिका रोल्पा ४४ हजार
११ लुङग्री गाउँपालिका रोल्पा २३ हजार
१२ सुनिलस्मृति गाउँपालिका रोल्पा एक लाख ४० हजार
१३ प्रतापपुर गाउँपालिका नवलपरासी ९७ हजार
१४ शुद्धोधन गाउँपालिका कपिलवस्तु ९० हजार
१५ मल्लरानी गाउँपालिका प्यूठान ३५ हजार
अपरिपक्व निर्णयले अधुरै

इस्मा गाउँपालिका वडा नम्बर ५ रातापोखराका स्थानीयले १० रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिदिए । तर, त्यो पास गरिएको छेउको सार्वजनिक जग्गामा भवन बनेका कारण विवाद उत्पन्न भएको जग्गादाता बिष्णुबहादुर घर्तीले बताए । ‘हामीले लालपुर्जा भएको १० रोपनी जग्गा पास गरिदिएका छौं’ उनले भने, “अहिले भवन बनेको जग्गा भोकचलन गरेको हो तर हामीसँग लालपुर्जा थिएन ।” उनका अनुसार समथर देखेर गाउँपालिकाले सार्वजनिक जग्गामा भवन बनाएको हो । अर्का स्थानीय नारायण जिसीका अनुसार भवन निर्माण भएको जग्गा अव्यवस्थित जग्गा हो । ‘प्रयोग गर्दै आएकोले हामीले गाउँपालिकालाई जग्गा दिएका हौं’ उनले भने, “लालपुर्जा नभएको जग्गामा भवन बनेपछि मुद्धा हालिएको हो ।” सर्वोच्च र अख्तियारको मुद्दा फैसला भएर केन्द्र र कार्यालयको बिषय टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ ।

तत्कालिन गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले केन्द्रको टुङ्गो दुई तिहाइ मतले पास गरेको र बनेका भवनमध्ये केही सार्वजनिक जग्गामा बनेको बताए । ‘केन्द्रमा बिमती राख्ने साथीहरू सर्वोच्च पुग्नुभयो, काम रोकियो’ उनले भने, “बनेका भवन व्यक्तिगत घरको आँगनमा हुँदा थोरै बाहिर परेछ ।” उनका अनुसार बनेका भवन कृषि संकलन केन्द्र र क्वाटरका लागि निर्माण भएका हुन् । जनप्रतिनिधिको अपरिपक्व निर्णय सार्वजनिक जग्गामा भवन बन्दा हालसम्म सबै काम रोकिन पुगेको हो । यसले गर्दा गाउँपालिकाले ८० लाख रुपैयाँमा निर्माण गरेका ७ र ५ कोठे दुई भवन अहिले प्रयोग बिहिन छन् । स्थानीयहरूले गाउँपालिकाको केन्द्र हुने आशले १० रोपनी बुट्यान क्षेत्र निःशुल्क गाउँपालिकाको नाममा पास गरेका थिए । भवन सार्वजनिक ठाउँमा बन्दा समस्या लम्बिँदै गएको स्थानीयले बताउँदै आएका छन् । कानूनी अड्चनका कारण सार्वजनिक जग्गामा भवन बनाउन नपाउने भएपछि त्यस ठाउँमा केन्द्र र कार्यालयमा बिमती जनाउनेहरूले विरोध जनाएका हुन् । गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले अघिल्लो ५ वर्षको कार्यकालमै जनप्रतिनिधिहरूले गरेको निर्णय, सर्वोच्चमा परेको मुद्दा र अख्तियारमा परेको उजुरीका कारण आफुहरूले केही गर्न नसेकेको बताए । ‘हामी केन्द्र र कार्यालयको बिषयमा एकदमै गम्भीर छौं’ उनले भने, “सर्वोच्च अदालतको आदेश मानेर अन्तिम फैसलापछि निर्णय कार्यान्वयन गर्छौँ ।” उनका अनुसार गाउँपालिकाले मुद्दा छिटो फैसला होस् भनी माग गरेको छ ।

गुल्मीका १२ मध्ये इस्मा गाउँपालिका बाहेक ११ पालिकाले केन्द्र तोकेका छन् । तर, रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकाको मात्र आफ्नै प्रशासनिक भवन छ । मदाने गाउँपालिकाले साविकको गाविस भवन, मालिकाले आफ्नै बहुउद्देशीय भवन, छत्रकोटले सभाहल, सत्यवतिले सभाहल र रुरुक्षेत्र गाउँपालिकाले कृषि सम्पर्क कार्यालयबाट कार्यालय सञ्चालन गरेका छन् । बाँकी ५ पालिका चन्द्रकोट, कालीगण्डकी, गुल्मीदरबार, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिका निजी भवनबाट भाडा तिरिरहेका छन् ।

जग्गा प्राप्तिमा समस्या

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, गुल्मीको गुल्मीदरबार र कालीगण्डकी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका, रोल्पाको लुङग्री गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र प्यूठानको मल्लरानी गाउँपालिकाले समयमै जग्गा नपाउँदा कार्यालय बनाउन ढिलाइ भएको हो । यी बाहेक भाडा तिर्दै आएका गुल्मीको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, रोल्पाको सुनिलस्मृति र माडी गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाका कार्यालय निर्माणधीन छन् ।

गाउँसभाको कमजोरी

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले केन्द्र निर्धारण, जग्गा प्राप्ति र कार्यालय संरचनाबारे हालसम्म निर्णय नहुनुमा गाउँसभाको कमजोरी रहेको बताए । ‘यी सबै समाधान गाउँसभाबाट हुने हो, त्यसको मुख्य अध्यक्ष/प्रमुख नै हो’ उनले भने, “हामीले सबैभन्दा छोटो समयमै कार्यालय बनाउन सकेका थियौं ।” स्थानीय तहको गठनपछि २०७४ मा निवार्चित गाउँपालिका अध्यक्ष पोखरेलले २३ महिना मात्र भाडाको घरबाट सेवा प्रवाह गरेका थिए । त्यसपछि आफ्नै प्रशासनिक भवन बनाएका अध्यक्ष पोखरेलले धुर्कोट गाउँपालिकालाई कार्यसम्पादन मुल्यांकनमा लुम्बिनी प्रदेशकै पहिलो बनाएका थिए । राष्ट्रिय गाउँपालिका महासंघका केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका पोखरेलले गाउँसभाको निर्णयबाट सबै कुराको टुङ्गो लगाएर प्रशासनिक भवन बनाएमा भाडामा हुने खर्चलाई अन्य विकासमा खर्चिन सक्ने बताए ।

जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष द्रोणबहादुर खत्रीले स्थानीय तहको दोस्रो कार्यकालको पहिलो वर्ष पनि पुगेको अवस्थामा पालिकाको केन्द्र, जग्गा र कार्यालय लगायतको बिषयमा टुङ्गो लगाउनुपर्ने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया