अनिष पन्थी,गुल्मी । लौह पुरुष गणेशमान सिहंको २६ औ स्मृति दिवस तथा समावेशी नेपालको परिकल्पना बिषयक गोष्ठी सम्पन्न भएको छ।नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विचार राख्दै प्रमुख अतिथि एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले कांग्रेस मरेकाले बचाएको र बाचेकाले मारेको पार्टी भएको उल्लेख गरे।गणेशमानले अगाडि सारेका सामाजिक न्याय, आर्थिक कुरा र समावेशीका कुरा अझै लागू नभएको श्रेष्ठले बताए।
गणेशमानले भनेको कुरा पद्धति बनाएर हुदैन पद्धति बसाल्नु पर्ने बताउदै गणेशमानले असहमति हुदा पनि विपिको साथ नछोडेको बताए। २०४६ सालको जनमत सङग्रको बारेमा पनि गणेशमानको बिचार छुट्टै भएको बताए। वैचारिक धार नेपाली कांग्रेसले भुल्दै गएको बताउँदै सिधाान्त र बिचार बाट बिचलित हुन नहुने बताए।
लुम्बिनी प्रदेश प्रशिक्षण बिभाग सदस्य गुणानिधि शर्माले प्रशिक्षण दिदै गणेशमान सिहंमा त्याग भएको बताए । प्रधानमन्त्री दिदा समेत नलिने त्यागि नेताको रुपमा लिन सकिने बताए । अहिलेको सन्दर्भमा सबै व्यक्ति पदको लागि र अवसरका लागि हावी भएको बताए। समावेशीमा योग्यता बिनाका मान्छेले स्थान पाएको बताउँदै पुरानो सिद्धांतमा अगाडि गएको जानकारी दिए।गणेशमानको बिचारले नेपाली कांग्रेसलाई उचाइमा पुराएको समेत जानकारी गराएका थिए ।
यस्तै कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख दीन पन्थीले प्रशिक्षण दिदै व्यक्तिगत स्वतन्त्रताका लागि योगदान दिएको जानकारी गराए। गणेशमानको इतिहास विपिको भन्दा लामो भएको बताउँदै गणेशमान एउटा बिद्रोह पुरुषको रुपमा परिचीत भएको जानकारी दिए। गणेशमान पदले ठूलो नभएर संघर्ष त्याग र बलिदानले महान भएको बताए।पदको कुरामा आफुभन्दा जान्ने बुझ्नेलाइ अगाडि बढाउनुपर्ने गणेशमानको मुल सिद्धान्त भएको बताए ।
गणेशमान सिहंको स्मृति दिवसमा कार्यक्रम सुरुवात गरेर कांग्रेस साच्चिकै सुध्रिन खोजेको नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति त्रैलोक्य पताप सेनले बताए।
गणेशमान सिहंको छोराको सङ्गबाटै आफू नेविसंघको राजनीति बाट कांग्रेस भएको उल्लेख गर्दै गणेशमानको भुमिका कांग्रेसमा अतुलनीय भएको बताए।
विपि कोइराला र गणेशमान सिहंको बिचार वास्तममा बिर्सेको सेनले बताए।लौहको अर्थ फलाम भएको बताउँदै गणेशमानको बिचार फलाम सरह भएको जानकारी गराए।
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति एवं कार्यक्रमका सभाध्यक्ष खिलध्वज पन्थीले कांग्रेस अहिले विपि र गणेशमानको विचारमा नबढेको वताए ।हाम्रो सस्कार र समाज नकारात्मक ढङ्गबाट अगाडि जादा सबैलाई असर गरेको बताए।
विपि र गणेशमानको बिचार भन्दा विपरीत कांग्रेसजन अगाडि जादा साच्चिकै गम्भीरता हुन पर्नी बेला आएको बताउदै सभापति पन्थीले कार्यक्रमको समापन गरे।