गुल्मीको मालिकामा बालदिवस र तीज बिशेष कार्यक्रम सम्पन्न



सन्तोष महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा राष्ट्रिय बालदिवस तथा तीजको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर ५ छापहिलेमा रहेको सिद्ध प्राथमिक विद्यालयको आयोजनामा बालदिवस र तीज बिशेष कार्यक्रम गरिएको हो ।

बालदिवसकाे अवसरमा र्‍यालीबाट सुरु भएको कार्यक्रम काेण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीका प्रतिभा सुन्ने, गुराँस नामक मासिक भित्ते पत्रिकाको पहिलो अंक प्रकाशन, सरुवा भई गएका शिक्षक चन्द्रप्रसाद अर्याल र गीता कार्कीकाे विदाइ, तीज बिशेष दर खाने, तीजगीत र नृत्य लगायतका कार्यक्रमहरु भएका थिए ।

Jeewan and Rajan Tailors

कार्यक्रमलाई प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्दै मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम मार्फत ३० हजार रुपैयाँ सहयोग गर्ने घाेषणा गरेका छन् । विद्यार्थीकाे प्रस्तुतिबाट प्रभावित भएर अध्यक्ष अर्यालले विद्यालयकाे थप प्राेत्साहनका लागि सहयोगकाे घाेषणा गरेका हुन् । हिन्दु नेपाली नारीहरुकाे महान चाड तीजकाे अवसरमा उपस्थित गाउँबासीलाई शुभकामना ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष अर्यालले गाउँपालिकाले शिक्षा सुधारका लागि थुप्रै नयाँ कार्यक्रम ल्याएको बताएका थिए ।

The Star Family Restaurant

गाउँपालिका अध्यक्ष देविराम अर्यालले विद्यालयले प्रकाशनमा ल्याएको मासिक गुराँस नामक पत्रिका सम्बन्धीकाे कदमलाई प्रशंसा गरे । पत्रिकामा विद्यार्थीका लेख, रचना, उत्कृष्ट विद्यार्थी र अनुशासित विद्यार्थी समावेश हुनेछन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर बिककाे अध्यक्षता, मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालकाे प्रमुख आतिथ्यता, छिमेकी छापहिले माध्यमिक विद्यालयका प्रधानाध्यापक धनु गिरीकाे बिशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमकाे संचालन शिक्षिका द्राेपदा महताराले गर्नुभएको थियो । विद्यालयले प्रकाशन गर्ने गुराँस पत्रिका :                    

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया