रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु



सन्तोष महतारा


गुल्मी । रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । माैसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो ।

माैसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाकाे लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।

Jeewan and Rajan Tailors

माैसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिएन । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।

The Star Family Restaurant

काठमाडौं-रेसुङ्गा बिहान ६:३० बजे र रेसुङ्गा-काठमाडौं ७:४० बजे उडान हुने गरेकाे छ । हरेक हप्ता मंगलबार र शुक्रबार उडान हुने यस विमानस्थलमा एकतर्फी भाडा सात हजार ८० रुपैयाँ रहेकाे छ । यसअघि छ हजार तीन सय बाट सुरु भएकोमा सरकारले हवाई भाडा बढाएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया