गुल्मीमा एक वर्षमा ३८२ सम्बन्ध बिच्छेदका मुद्धा



सन्तोष महतारा


गुल्मी । गुल्मीमा एक वर्षमा तीन सय ८२ सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन् । गुल्मी जिल्ला अदालतमा आर्थिक वर्ष २०७९/०८० मा उक्त मुद्धा दर्ता भएको गुल्मी जिल्ला अदालतले जनाएको छ ।

गुल्मी जिल्ला अदालतले जिल्लास्थित क्रियाशील संचारकर्मीसँग गरेको अन्तरक्रियाको क्रममा जिल्ला न्यायाधीश बसन्राज पौडेलले उक्त मुद्धाको बारेमा जानकारी गराएका थिए । यी मध्ये ७३ मुद्धा पुरुषले दर्ता गराएका छन् । भने बाँकी मुद्धा महिलाले दर्ता गराएका छन् ।

Jeewan and Rajan Tailors

दर्ता गरिएका यी मुद्धामध्ये दुई सय २५ मुद्धा मिलापत्रमार्फत मिलेका छन् । बाँकी एक सय तीन मुद्धाको पनि फैसला भइसकेको अन्तरक्रियाको क्रममा जानकारी गराइएको थियो । सम्बन्ध बिच्छेदका मुद्धाका प्रकृति हेर्दा घरायसी झगडा, वैदेशिक रोजगारीमा गएकोमा आर्थिक हिनामिना, बाहिरी सम्बन्ध, घरेलु हिंसा, कुटपिट र मदिरा सेवन लगायतबाट पीडित भएकाहरु रहने गरेका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया