गुल्मीका पत्रकार महतारालाई ‘भैरव रिसाल मिडिया फेलोसिप’ अवार्ड



अनिष पन्थी


काठमाडौं । गुल्मीका पत्रकार सन्तोष महतारालाई ‘भैरव रिसाल मिडिया फेलाेसिप-२०८०’ अवार्ड प्रदान गरिएको छ । शनिबार काठमाडौंको बानेश्वरमा आयोजित वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फाे) को ३२ औं साधारणसभामा गुल्मीका पत्रकार महतारालाई नगद रु २५ हजार राशिसहित अवार्ड प्रदान गरिएको हो ।

बरिस्ठ पत्रकार भैरव रिसालले उक्त अवार्ड महतारालाई नगदसहित महतारालाई प्रदान गरेका हुन् । ‘खोजमूलक समाचारलाई अझै प्राथमिकता दिनु’ उनले अवार्ड दिँदै भने, “इन्फाेको सकारात्मक काममा सबैको साथ रहेछ, हार्दिक बधाई छ ।” रिसालले संस्थाकाे मुक्तकण्ढले प्रशंसा गरे ।

Jeewan and Rajan Tailors

पत्रकार महताराले खाेजमूलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत संस्थाले उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । उनले फेलाेसिप समाचार प्रकाशन गर्दै आएका छन् । जसका कारण महतारा भैरव रिसाल मिडिया फेलाेसिप २०८० को अवार्ड पाउन सफल भएका हुन् ।

The Star Family Restaurant

नगदसहितको अवार्ड ग्रहण गर्दै पत्रकार महताराले बरिस्ठ पत्रकार भैरव रिसालकाे याेगदानबारे चर्चा गरेर नसकिने बताए । उनले भैरव रिसालबाट सम्मान पाउनु आफैमा गौरवशाली कुरा भएकोले एन्फाेले पनि खाेजमूलक पत्रकारिता गर्न थप हाैसला पाएको बताए । ‘निरन्तर समाचार लेख्नेमा लागें, केही अपेक्षा नराखिकन कर्म गरें’, “उनले भने, “कर्म गरेपछि कर्मकाे मुल्यांकन हुदाेरहेछ ।” उनले वातावरण तथा जनस्वास्थ्य संस्था एन्फाे र भैरव रिसालप्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।                                                                                           

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया